साउन १३, बर्दिवास। कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीनजना किशोर अझै भेटिएनन् । गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका तीनजना अझै नभेटिएपछि महोत्तरीको बर्दिवासमा चिन्ता छाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, बर्दिवास। कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीनजना किशोर अझै भेटिएनन् । गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका तीनजना अझै नभेटिएपछि महोत्तरीको बर्दिवासमा चिन्ता छाएको छ । 
2026-09-11 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

हराइरहेका तीन किशोर अझै भेटिएनन्

साउन १३, बर्दिवास। कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीनजना किशोर अझै भेटिएनन् । गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका तीनजना अझै नभेटिएपछि महोत्तरीको बर्दिवासमा चिन्ता छाएको छ । 

भोलिपल्टको सोमबारको बोलबम मेलामा बर्दिवास–१२ को टुटेश्वर महादेव मन्दिरमा पवित्र जल चढाउने उद्देश्यले गत आइतबार उत्तरायणी गएका बर्दिवास–१ का १७ वर्षीय सुरज तामाङ, बर्दिवास–११ ढुङग्रेका १६ वर्षीय धनराज बलम्पाकी र गौशालाका १९ वर्षीय शिवशङ्कर ठाकुर हराइरहेका छन् । उनीहरुसँगै बाढीमा बगेका बर्दिवास–१ का १७ वर्षीय मनोज योगीको शव भने सोमबार साँझ प्रहरीले उनीहरु तरिरहेको ठाउँबाट सात किलोमिटर तल कमलाको बगरमा भेटेको थियो । 

धनुषा र सिरहा जिल्लाको साँधमा पर्ने कमलाको बाढीमा बगेर हराइरहेका तीनै जनाको खोजी सिरहा र धनुषा प्रहरीको समन्वयमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । 

धार्मिक उद्देश्यले रमाइलो बोलबम यात्रामा गएका आफ्ना बस्तीका युवाको यो घटनाले अहिले बर्दिवास र गौशालामा रुवावासी र विलाप सुनिने गरेको छ । मृत फेला परेका योगी र हराइरहेका तीनैजना घरसल्लाह नै नगरी लहडमा बोलबम मेलाका लागि गएका घरपरिवार र छिमेकीले बताएका छन् । बोलबम मेला रमाइलो मनाउन लहडमा निस्कने किशोर र भर्खर युवा उमेरमा प्रवेश गरेकाहरुमा होडबाजी नै देखिने गरेको बर्दिवास–१ का सामाजिक कार्यकर्ता कुर्महरि सुवेदीले बताए । 

किशोर र युवामा लहडमा यात्रा गर्ने र बाढीसँग पनि खेलाँची गर्ने बानीले बोलबम मेलाकै समयमा बर्सेनि कमला नदीको बाढीमा बगेर मृत्यु हुने र हराउने घटना हुँदै आएका छन् । यस्ता घटना बढ्न नदिन मेलाका बेला घरपरिवारले किशोर र भर्खरै युवावय टेकेका आफ्ना सन्तानबारे चासो राख्नुपर्ने इप्रका बर्दिवासका प्रनाउ शर्माको सल्लाह छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस