२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

तीन जिल्ला जोड्ने सडक विस्तार शुरु

२०७७, ७ आश्विन बुधबार ०४:१३

असोज ७, बैतडी (रासस) : तीन जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो ।  

बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो । चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले रु सात करोड लागतमा सो सडकमा काम गर्न थालेको हो  ।

गन्नादेखि गनैखानसम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण सडकका रूपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन जिल्ला जोड्ने सडकका रूपमा यो सडकलाई लिन सकिन्छ र यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने छ ।” 

सो सडकले बैतडी, दार्चुला र बझाङलाई जोड्ने छ  । डिलाशैनी गाउँपालिका–१ का वडाध्यक्ष अक्कल रानाका अनुसार बझाङको कालङ्गा जलविद्युत आयोजना र चमेलिया जलविद्युत आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्वपूर्ण योगदान पुग्ने छ । सडकको ट्र्याक खोल्न दुई वर्षको अवधि रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । 

यस्तै डिलाशैनीकै पर्यटकीय क्षेत्रको रूपमा रहेको खुमटसम्मको सडकका लागि रु १० करोड बजेट विनियोजन भएको र यसै वर्षदेखि काम शुरु हुने वडाध्यक्ष रानाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको समपूरक अनुदान र गाउँपालिकाको लागतमा सो सडक निर्माण गरिनेछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी