2026-09-01 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिँदै

असोज १३, तम्घास (रासस) । गुल्मीमा यातायातका साधनले सरकारले तोकेभन्दा बढी भाडा लिन थालेका छन् ।  कोरोना महामारी र सरकारले भाडा बढाएको बहानामा उनीहरुले यात्रुहरुसँग तोकिएभन्दा बढी भाडा असुल्दै आएका छन् । अहिले ग्रामीण भेगका अधिकांश सडक बिग्रिएका छन् । 

बस, हाइस जस्ता बढी यात्रु बोक्ने सवारी पूर्ववत् ढङ्गले चल्न नसक्दा जीपलगायतका साना गाडीहरुले मनलाग्दी भाडा लिने गरेको यात्रुहरु बताउँछन् । जिल्लाको मुसिकोट नगरपालिकाको वामीबाट सदरमुकाम तम्घाससम्मको भाडा रु ३७० तोकिएको भएपनि जीपले रु ७०० लिएको स्थानीयवासी हिमा रानामगरले बताउनुभयो । धुर्कोट गाउँपालिका­७ वाग्लाकी लक्ष्मी घिमिरे भन्नुहुन्छ, “सवारी साधनले बढी भाडा लिएपनि सवारी साधनमा सरकारले तोकेको सामाजिक दूरी कायम भएको छैन ।” 

यातायात व्यवसायीहरुको छाता सङ्गठन गुल्मी यातायात व्यवसायी सङ्घका कार्यालय प्रमुख डोरबहादुर  कुँवरले यात्रुहरुलाई टिकट काटेर मात्र सवारी प्रयोग गर्न आग्रह गर्नुभयो । “सरकारले ५० प्रतिशतभन्दा बढी भाडा लिन नपाउने गरी नियम बनाएको छ, काउन्टरबाट सोही शुल्कमा टिकट दिन्छौँ ।” 

अत्याधिक वर्षाका कारण जिल्लामा बिग्रिएका सबै सडकको मर्मत नहुँदा कतिपय ठाउँमा जिप पनि जान सकेका छैनन् भने अधिकांश ठाउँमा बस र हाइस चल्न सकेका छैनन् । सवारी साधनले बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले अनुगमन शुरु गरेको छ । जनशक्ति कम भएकाले सबै ठाउँमा अनुगमन गर्न समस्या परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख जगन्नाथ पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन