२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी : नाका बन्द हुँदा पेन्सनधारी समस्यामा

२०७७, १७ आश्विन शनिबार ०६:३८

असोज १७, बैतडी (रासस) । नेपाल–भारत सीमानाका झुलाघाट बन्द हुँदा बैतडीका भारतीय पेन्सनधारी समस्यामा परेका छन् । भारतीय सेना र अन्य भारतीय सरकारी कार्यालयबाट निवृत्त भएका नेपालीलाई पेन्सनको रकम प्राप्त गर्न समस्या भएको छ । भारतीय बैंकमार्फत पेन्सनको पैसा बुझ्ने भएकोले नाका बन्द हुँदा पेन्सनधारी समस्यामा परेका हुुन् ।

पेन्सनकै भरमा रहेकालाई घरधन्दा चलाउन समस्या भएको भुतपूर्व सैनिक संघ बैतडीका संस्थापक अध्यक्ष जीतसिंह थापाले जानकारी दिनुभयो । जिल्ला प्रशासनलाई १५ दिन अगाडि नाका खोल्न पहल गर्नका लागि अनुरोध गरेको भएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पेन्सनधारीलाई नाका नखुुल्दा खान लाउन, औषधि उपचारका लागि पैसा नहुँदा समस्यामा परेका छन्, नाका खोल्नको लागि सरकारले वास्ता गरेको छैन ।”

यसअघि तीन महिना अगाडि तीन दिनलाई नाका खोलेको भएपनि त्यो समयमा सबैले पेन्सन बुुझ्न नपाएको थापाको भनाइ थियो । उहाँले भन्नुभयो, “जिल्लामा एक हजार दुई सय भारतीय पेन्सनधारी रहेपनि त्यो बेला ४ सय ३८ जनाले पेन्सन बुझ्न पाए, कोही धनगढी, कोही महेन्द्रनगरमा भएकाले समय अपुुग हुँदा सबैले बुुझ्न पाएनन् ।” 

जिल्ला प्रशासन कार्यालय बैतडीले भने नाका खोल्न प्रयासरत रहेको जनाएको छ । दुई देश सहमत भएपछि मात्रै नाका खोल्न सकिने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताउनुुभयो ।

उहाँले भन्नुभयो “पेन्सनधारीको समस्याबारे स्थानीय प्रशासन जानकार छ, सरकारलाई लिखित र मौखिक जानकारी गराईएको छ ।” भारतसँग पनि नाका खोल्न आग्रह गरेकाले दुईपक्षीय सहमतीमा चाँडै नाका खोलिने प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ