2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रदेश नं ५ अब लुम्बिनी, राजधानी देउखुरी

असोज २०, बुटवल। प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा आज पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गर्नुभयो । आज प्रदेश नं ५ ले औपचारीक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको छ ।

प्रदेशसभामा आज भएको मतदानमा देउखुरी राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिनुभयो । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बस्नुभएको थियो । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी हुनुभएन । 

प्रदेश सरकारका तर्फबाट यही असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गर्नुभएको थियो । त्यसै गरी प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै  प्रस्तावमा मत हस्ताक्षर गरेर मत विभाजन भएको थियो । 

उक्त प्रस्तावमाथि प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभा आजको बैठकमा मत विभाजन हँुदा दुइ तिहाइ मतले सरकारको प्रस्तावलाई पारित गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द