2026-10-11 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिसेस नेपाल लागि आवेदन खुल्ला, अनलाइन तथा अफलाइन आवेदन दिन सकिने

असोज २८, काठमाडौं । बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ । 

आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो बर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्ति मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र  ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिहरुबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए  

प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए । उनीहरु बिभिन्न अन्तराष्ट्रिय उपाधि समेत नेपाल ल्याउन सफल रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध