३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

२९ आश्विन २०७७, बिहीबार ०३:२२

असोज २९, बैतडी (रासस) : बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयले केही दिन अघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरी छलफल हुँदा समेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ ।

यस्तै झडपमा परेर ५ जना प्रहरी पनि घाइते भएका छन् भने सङ्घर्षरत पक्षका ६ जना घाइते भएका छन् । अध्यक्ष बिष्टसँग रहेका अन्य तीनजना घाइते भएका सुर्नया पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । घाइते सबैको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

सुर्नया गाउँपालिकाको केन्द्र पबिता राख्ने गाउँकार्यपालिकाले गत वर्ष नै निर्णय गरेको तर स्थानीयले भने सर्वोच्चमा विचाराधिन मुद्दा भएकाले केन्द्रका विषयमा कुनै काम गर्न नपाइने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए ।

गाउँपालिका अध्यक्षमाथि नै कुटपीट भएपछि प्रहरी निरीक्षक धनदेव साउदको नेतृत्वमा घटनास्थलमा प्रहरी पुगेको छ भने सशस्त्र प्रहरीको टोली समेत सुर्नयाका लागि खटाइएको छ ।

सम्भावित थप जोखिम कम गर्नका लागि सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकामा तालाबन्दीकै कारण बुधबार हुने भनिएको गाउँसभा समेत हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड