साउन १५, मुस्ताङ । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । 

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, मुस्ताङ । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । 

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

उपल्लो मुस्ताङीलाई लोमान्थाङबाटै नागरिकता

१५ श्रावण २०७३, शनिबार ०५:४०

साउन १५, मुस्ताङ । उपल्लो मुस्ताङका छ गाविसका सर्वसाधारणले अब लोमान्थाङबाटै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी पाउने भएका छन् । 

सरकारले लोमान्थाङमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेपछि हप्तादिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता अन्त्य हुने भएको हो । लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका सर्वसाधारणको समस्यालाई ध्यानमा राखेर इलाका प्रशासन कार्यालय सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए । 

यसअघि लोमान्थाङमा सीमा कार्यालयमार्फत उपल्लो मुस्ताङवासीका दैनिक समस्या समाधान गर्ने प्रयास गरिए पनि त्यसलाई थप प्रभावकारी बनाउन इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो । 

सीमा प्रशासन कार्यालयमा जनशक्ति काम र अधिकार पनि कम हुने भएकाले त्यसबाट स्थानीयको आवश्यकता पूरा गर्न नसकेपछि त्यसलाई हटाइएको उनले जानकारी दिए । “यसले दुर्गम क्षेत्रका सर्वसाधारणलाई एउटा सिफारिसका लागि हप्ता दिन लगाएर सदरमुकाम जोमसोम आउनुपर्ने बाध्यता सदाका लागि अन्त्य हुनेछ,” प्रजिअ अधिकारीले भने, “साउन महिनाको अन्तिम हप्तासम्म हामीले यो कार्यालय सञ्चालमा ल्याउनेछौँ ।” 

उपल्लो मुस्ताङका छ गाविसमा करिब तीन हजार जनसङ्ख्या छ । इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा दुई जना सुब्बा, एकजना खरिदार र एकजना कम्प्युटर अपरेटरसहित पाँच जनाको दरबन्दी स्वीकृत भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका लागि टेलिफोन, इन्टरनेट, विद्युत्जस्ता अतिआवश्यकीय सामग्रीको व्यवस्थापन पछि सेवा प्रवाह सुरु गरिने बताइएको छ । 

“पहिलो चरणमा एक टोलीले त्यसको सबै कुराको अध्ययन गरेर फर्किएको छ, अब छिट्टै सेवा प्रवाह गर्ने गरि टोली जाँदैछ”, उनले भने, “सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली पनि सँगै रहनेछन् ।” जोमसोमदेखि ९३ किलोमिटरको दूरीमा पर्ने लोमान्थाङमा इलाका प्रशासन कार्यालय सञ्चालमा आए स्थानीयले नागरिकता, राहदानी, सार्वजनिक मुद्दा मामिला र फोटोसहितको मतदाना नामावली दर्ता जस्ता सरकारी सुविधा गाउँ तहमै पाउने छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ