साउन १५, बर्दिवास । महोत्तरीको बर्दिवासमा आज सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन् । 

रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, बर्दिवास । महोत्तरीको बर्दिवासमा आज सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन् । 

रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्त"/>

2026-09-11 11:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवासमा अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काइँदै

साउन १५, बर्दिवास । महोत्तरीको बर्दिवासमा आज सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन् । 

रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्ती तथा नदी उकास संरक्षण समिति बर्दिवास र नागरिक समाजको सामूहिक निर्णयबाट भत्काइएको बर्दिवास नगरपालिकाले जनाएको छ । 

नदी उकास र पर्ती जग्गामा पछिल्ला केही दिनयता अतिक्रमण बढेर रातारात घर टहरा बनाउने क्रम बाक्लिएको थियो । गत बुधबार सम्पन्न सर्वपक्षीय बैठकको निर्णय अनुसार पर्ती र नदी उकास जग्गामा घरटहरा बनाएका बर्दिवास–९ का राजकुमार सिंहलाई तत्काल जग्गा खाली गर्न अनुरोध गर्दा त्यसको अटेर गरेर त्यसयता रातारात थप घर टहरा धमाधम बनाउन लागेपछि आज अतिक्रमण हटाइएको नगरपालिका कार्यकारी अधिकृत तथा पर्ती तथा नदी उकास जग्गा संरक्षण समितिका संयोजक रामकुमार कार्कीले जानकारी दिए । 

यता सिंहले भने अनाथका लागि बनाइएको आश्रम प्रहरी, प्रशासनको बलमा नगरपालिकाले भत्काइदिएको गुनासो गरेका छन् । बर्दिवासमा अहिले पर्ती र नदी उकास जग्गामा भएको अतिक्रमण हटाउनाका साथै त्यस्ता जग्गाको थप खोजी गरिने कार्य सँगसँगै बढाइएको छ । 

पर्ती र नदी उकास जग्गा खोज्ने र छुट्याउने अभियान अन्तर्गत पछिल्ला तीन दिनमै रातु नदी उकासका १०० हेक्टर जग्गा छुट्याएर पिलर (स्तम्भ, सिमेन्टको पक्की खाँबा) गाडिएको ले छ ।

एकमहिने सो अभियानअन्तर्गत नगरपालिका क्षेत्रका सबै पर्ती र नदी उकास जग्गा छुट्याइने कार्यकारी अधिकृत कार्कीले  बताए । बर्दिवास नयर क्षेत्रमा ४०० हेक्टरभन्दा बढी पर्ती र नदी उकास जग्गा रहेको अनुमान छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस