साउन १६,वीरगंज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १६,वीरगंज"/>

2026-06-25 06:30 PM
पर्सा - PRS

बिभिन्न संघ संस्थाहरुद्वारा पत्रकार पटेल सम्मानित


साउन १६,वीरगंज | पर्सा जिल्लाका क्रियाशिल संघ संस्थाद्वारा सदभावना पत्रकार मंचका केन्द्रिय  संयोजक संतोष पटेललाई सम्मान गरिएको छ । होटल कुमुप्यलेशमा  आयाजित सम्मान तथा बधाई कार्यक्रममा वीरगंजका क्रियाशिल पत्रकार एवं अधिकार र पहिचानको लागि जारी मधेस आन्दोलनको जायज माँगका सम्बन्धमा सक्रिय भुमिका निर्वाह गरेका पटेललाई बिभिन्न संघ संस्थाले भव्य सम्मान गरेको हो ।

सम्मान गर्नेहरुमा राष्ट्रिय मधेसी शहिद उद्यान समितीका संरक्षक पुरुषोत्तम दुवे, सदभावना पार्टी वीरगंजका नगर अध्यक्ष ओमप्रकास सर्राफ, कुर्मी सशक्तिकरण मंच पर्सा क्षेत्र नं. ५ का अध्यक्ष धर्मेन्द्र पटेल, नेपाल बिद्यार्थी संघ पर्सा क्षेत्र नं. २ का सभापति देव पटेल, मधेस बिकास अभियानका केन्द्रिय सदस्य पिंकी यादव, द राईजीङ्ग नेपाल वीरगंजका कोषाध्यक्ष धर्मेन्द्र गुप्ता, श्री पारस राजपति देवी प्राथमिक बिद्यालय आसवारीका प्रधानाध्याप खेमराज प्रसाद ,पब्लिक एन्टीकरप्सन पर्साका सचिव दिपक सर्राफ,सिदार्थ मेडिकल हलका संचालक राजेश पटेल, स्नेही नेपाल समाजिक संस्थाका अध्यक्ष भुपेन्द्र पौडेल, राधेमाई सामुदायिक बिकास संस्थाका अध्यक्ष लवकुश सिंह,भिखमपुर जन समुदायिक बिकास केन्द्रका अध्यक्ष गौरव संतोष पटेल, प्रज्जवलित दैनिक पत्रिकका सम्पादक कृष्णा कुमार खनाल, दर्पण बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक एवं संचालक ईश्वर यादव, लवकुश मेडिकल हलका संचालक पन्नालाल प्रसाद, उर्दु प्रतिष्ठान नेपाल पर्साका संयोजक एवं केन्द्रिय सदस्य एस.एमजहाँगस्त, कुर्मी सशक्तिकरण मंच वीरगंज नगर समितीका उपाध्यक्ष बिनोद पटेल, नेपाल रेडक्रस सोसाईटी गाबिस औराहा उपशाखाका सभापति धुरेन्द्र पटेल, स्वतन्त्र नागरिक समाजका केन्द्रिय संयोजक सरोज कर्ण, विश्व हिन्दू परिषद पर्साका प्रतिनिधी अन्सु कुमार , सौन्र्दय व्यवसायि सृजनशिल हातहरुको संघका अध्यक्ष सुनीता रौनियार,मानवअधिकार कर्मी हरेन्द्र बाबा , फोटो पत्रकार विशेश्वर पटेल लगायतकाले फुलमाला, दोसल्ला र  टिका सहित मधेसका चिनारी गम्छा सहित सम्मान गरिएको थियो । नागरिक अगुवा एवं नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा सहजिकरण सदभावना पार्टी पर्साका युवा नेता धर्मेन्द्र पटेल एवं स्वागत मन्तव्य पत्रकार एवं अधिकारकर्मी कृष्णा कुमार खनालले गरेका थिए । सम्मानित पटेल एनपीडेली न्युज अनलाईन पत्रिकाका सम्पादक पदमा कार्यरत रहेका छन् । 

सद्भावना पार्टी केन्द्रिय कार्यालय लैनचौर मार्ग बानेश्वर काठमाण्डौमा राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा मिति २०७३ साउन १३ गते बसेको बैठकले विधानको धारा ३६.४  अनुसार पटेललाई सद्भावना पत्रकार मञ्चको केन्द्रिय संयोजकमा मनोनित गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ