राम नारायण पंडित/साउन १८, सिराहा । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । 

नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १८, सिराहा । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । 

नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्राभेल गरेपछि स्थानीय खुसी

१८ श्रावण २०७३, मंगलवार ०९:३०

राम नारायण पंडित/साउन १८, सिराहा । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । 

नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख्य सडक र सहायक सडक सहित पाँच किलोमिटरमा ग्राभल भएको ‘भौतिक पूर्वाधार, सडक मर्मत तथा ग्राभेल उपभोक्ता समितिका अध्यक्ष दिपनारायण यादवले जानकारी दिए । 

मूख्य सडकमा ट्रक तथा ट्याक्टरले ग्राभेल खसालेको भएपनि सहायक सडकहरुमा स्थानीय जनताले आफै ग्राभेल बोकेर लगेको यादवले बताए । उनीहरुले गरेको श्रमदानको पनि हिसाव गर्ने हो भने यसको लगानी झन बढ्ने यादवको भनाई रहेको छ । सडक बनेपछि सवै खाले सवारी साधनहरु सजिलोसँग हिड्न थालेका छन् । 

बाटो बनाउने क्रममा घरबाट निस्कने फोहर पानी सडकमा निकाल्न नपाउने स्थानीयले नियम नै बनाएका छन् । नगरपालीकाले कामको मूल्याङ्कन गरी चार लाख ५६ हजार ८ सय रुपैयाँ दिएको भएपनि आफूले चार लाख ६७ हजार सात सय रुपैयाँ खर्च गरेको  यादवले बताए । 

तराइमा स्थानीय निकायको बजेट मनपरी गर्न उपभोक्ता बन्ने परिपाटी रहेको बेला यो काम भने नमुना भएको स्थानीय बताउँछन् । मिर्चैया नगरक्षेत्रमा यो आर्थिक वर्षमा राम्रो काम भएको भएपनि यो सडको काम नमुना भएको नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । यसैगरी सवै उपभोक्ता समितिहरुले काम गरे नगरको विकास चाँडो हुने नगर प्रमुख दासले विश्वास व्यक्त गरे । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान