राम नारायण पंडित/साउन १८, सिराहा । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । 

नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/साउन १८, सिराहा । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । 

नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख"/>

2026-07-25 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्राभेल गरेपछि स्थानीय खुसी

राम नारायण पंडित/साउन १८, सिराहा । कोही अपरझट विरामी पर्दा गाउँमा एम्वुलेन्स ल्याउन पनि नसकिने अवस्थाको बाटो ग्रोभल भएपछि मिर्चैया नगरपालीका –४ कुथनमाका बासिन्दा खुसिले गद गद भएका छन् । 

नगरपालीकाले छुट्याएको ५ लाख बजेटले गाउँका मूख्य सडक र सहायक सडक सहित पाँच किलोमिटरमा ग्राभल भएको ‘भौतिक पूर्वाधार, सडक मर्मत तथा ग्राभेल उपभोक्ता समितिका अध्यक्ष दिपनारायण यादवले जानकारी दिए । 

मूख्य सडकमा ट्रक तथा ट्याक्टरले ग्राभेल खसालेको भएपनि सहायक सडकहरुमा स्थानीय जनताले आफै ग्राभेल बोकेर लगेको यादवले बताए । उनीहरुले गरेको श्रमदानको पनि हिसाव गर्ने हो भने यसको लगानी झन बढ्ने यादवको भनाई रहेको छ । सडक बनेपछि सवै खाले सवारी साधनहरु सजिलोसँग हिड्न थालेका छन् । 

बाटो बनाउने क्रममा घरबाट निस्कने फोहर पानी सडकमा निकाल्न नपाउने स्थानीयले नियम नै बनाएका छन् । नगरपालीकाले कामको मूल्याङ्कन गरी चार लाख ५६ हजार ८ सय रुपैयाँ दिएको भएपनि आफूले चार लाख ६७ हजार सात सय रुपैयाँ खर्च गरेको  यादवले बताए । 

तराइमा स्थानीय निकायको बजेट मनपरी गर्न उपभोक्ता बन्ने परिपाटी रहेको बेला यो काम भने नमुना भएको स्थानीय बताउँछन् । मिर्चैया नगरक्षेत्रमा यो आर्थिक वर्षमा राम्रो काम भएको भएपनि यो सडको काम नमुना भएको नगरपालीकाका कार्यकारी अधिकृत रमेश कुमार दासले बताए । यसैगरी सवै उपभोक्ता समितिहरुले काम गरे नगरको विकास चाँडो हुने नगर प्रमुख दासले विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक