2026-10-11 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेटटीभीमा सिनेप्लस, तीन हजार बढी चलचित्रहरु हेर्न पाइने

पुस २८, काठमाडौँ | नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ ।

सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेज प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सेट टप बक्स भएका ग्राहकले  लिन सक्छन् ।

हंगामा बाहेक, नेटटीभी प्राइम प्याकेजसँगै नेटटीभी सिनेप्लस वर्ग अन्तर्गत तीन हजार भन्दा बढी चलचित्र सामग्री, वेभ श्रृंखला (सेरिज) र सामान्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । यी सबै सामग्रीहरुमा हेर्नका लागि प्राइम प्याकेज लिएका ग्राहकहरु लाई कुनै अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । नेटटीभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्र्तगत प्रशारण गर्दैछ ।

नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटीभीले सार्वजनिक गरेको नेटटीभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरि तिन हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय वेभ श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामाग्री रहेको नेटटीभी प्राइम प्याकेज अन्तर्गत वल्र्डलिंकका ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ । नेटटीभी सिनेप्लस र हंगामा सहित नेटटीभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

हामीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेट वाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटीभी एन्ड्रोइड र आईओएस एपमा नेटटीभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेकाछौ ।  प्रमुख कार्यकारी अधिकृत राजभण्डारी भन्नुहुन्छ “हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौ, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौ, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौ । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध