2026-09-12 05:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

पर्साका गाउँपालिकाका १० हजार मतदानबाट वञ्चित हुने

फागुन ४, काठमाडौँ । आउँदो वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पर्साका चार गाउँपालिकाका करीब १० हजार नागरिकता प्राप्त व्यक्ति मतदान गर्नबाट वञ्चित हुने भएका छन् । विसं २०७५ पुस ११ गते चार गाउँपालिकालाई हेर्ने गरी स्थापना भएको इलाका प्रशासन कार्यालयमा नागरिकता लिएका व्यक्तिको मतदाता सूचीमा नाम अद्यावधि हुन नसक्दा करीब १० हजार व्यक्ति मतदान गर्नबाट वञ्चित हुने सम्बन्धित गाउँपालिकाका पदाधिकारीको भनाइ छ । 

पटेर्वासुगौली, जगरनाथपुर, जिराभवानी तथा ठोरी गाउँपालिकाका नागरिक इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता प्राप्त गरे पनि मतदाता सूचीमा नाम आउन नसकेपछि तिनीहरुले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा मत खसाल्नबाट वञ्चित हुने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले राससलाई बताउनुभयो । 

विसं २०७४ को मतदाता सूची अनुसार पटेर्वासुगौलीमा ११ हजार ७६०, ठोरीमा ११ हजार ६८५, जगरनाथपुरमा १५ हजार ५६२ र जिराभवानी गाउँपालिकामा ११ हजार ३५० मतदाता रहेका छन् । पुस ६ गते यता नागरिकता लिएका व्यक्तिको मतदाता परिचयपत्र बन्न नसक्ने, यसअघिका छुटेका व्यक्तिको पनि मतदाता नामावलीमा नाम समावेश नहुने निर्वाचन हुने मितिको घोषणा भइसकेपछि मतदाता नामावली अद्यावधि गर्ने काम बन्द भएकाले नागरिकता लिएका व्यक्तिको नाम मतदाता सूचीमा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गौरीशङ्कर चौधरीले बताउनुभयो । 

निर्वाचन कार्यालयले कर्मचारीको अभावमा टोली खटाउन नसकिएको भनेर झारा टार्ने काम गरेको आरोप लगाउँदै पटेर्वा सुगौल गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुले यस क्षेत्रमा रहेका विभिन्न पार्टीले १८ वर्ष उमेर पुगेका मतदाताको नाम सङ्कलन गरे पनि टोली नआएकाले उनीहरुको नाम मतदाता सूचीमा राख्न नसकिएको बताएका छन् । 

इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता लिएका व्यक्तिको नाम मतदाता नामावलीमा सूचीकृत हुन नसकेकामा उनीहरुले आफ्नो मत खसाल्ने मताधिकार हनन् भएको भन्दै सो कार्यको विरोध गरेका छन् । सरकारले घोषणा गरेको प्रतिनिधिसभाको वैशाख १७ र २७ गते हुने निर्वाचन अन्तर्गत प्रदेश २ मा पहिलो चरणमा वैशाख १७ गते निर्वाचन हुनेछ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग