साउन २३, राजविराज । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, राजविराज । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त"/>
२०८३, ११ जेष्ठ सोमबार
सप्तरी - SPT

सरकार नपुगेको बाढीपीडित कहाँ डा.केसीको निशुल्क उपचार जारी

२०७३, २३ श्रावण आईतवार ०७:३३

साउन २३, राजविराज । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी आज दोस्रो दिन पनि उपचारमा व्यस्त हुनुहुन्छ । 

आज जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उहाँले निःशुल्क स्वास्थ्योपचार गर्दै हुनुहुन्छ । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहनुभएको छ । 

डा केसी आफैले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा आउनुभएको छ । उक्त ठाउँमा आज मात्रै उहाँले २५÷३० जनाको निःशुल्क उपचार गर्नुभएको तिलाठीका युवक नीरज झाले जानकारी दिनुभयो । 

डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।

यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गर्नुभएको बताइएको छ । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा