साउन २३, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले भोजपुरी भाषा, कला, संस्कृतिको विकासमा आफु र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २३, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले भोजपुरी भाषा, कला, संस्कृतिको विकासमा आफु र "/>
2026-09-11 11:55 PM
पर्सा - PRS

भोजपुरी टाइम्स दैनिकको दोस्रो वार्षिकोत्सव सम्पन्न

साउन २३, वीरगंज | संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदिप यादवले भोजपुरी भाषा, कला, संस्कृतिको विकासमा आफु र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

भोजपुरी टाइम्स दैनिकको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि यादवले विश्वको विभिन्न देशहरुमा करोडौंका संख्यामा बोलिने भोजपुरी भाषा र संस्कृतिको रक्षाको लागि सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले पनि सहयोग गर्नु पर्नेमा जोड दिदै मधेसको हकअधिकार नपाए सम्म आन्दोलन जारी रहने दाबी गर्नु भयो । काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चा बिच भएको तीन बुंदे सहभति कार्यान्वयन गर्ने तर्फ सरकारले देखाएको अग्रसरता सराहनिय रहेको बताउनु भयो । मधेस आन्दोलनको क्रममा पर्सामा सहादत प्राप्त गरेका ६ जना मध्ये सरकारले हालसम्म एक जनालाई क्षतिपूर्ति समेत उपलब्ध नगराएकोमा दुःख व्यक्त गर्दै आन्दोलनमा घाइते भएका करिब ४ हजार मध्ये हाल सम्म १९ जनालाई मात्र उपचार खर्च पाएको सो अवसरमा बताउनु भयो । 

वीरगंज पब्लिक कलेजको सभाहलमा आयोजित कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, मधेसी पत्रकार समाजका केन्द्रिय महासचिव एवं रेडियो बिन्दासका प्रबन्ध निर्देशक आर.सी यादव, नेपाल परिवार दलका जिल्ला अध्यक्ष पलटन पटेल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष रामनारायण कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका पूर्व सचिव युवराज खडका, बिपिसि कलेजका कोअर्डिनेटर प्रेम पटेल, तमलोपा विद्यार्थी फ्रन्टका केन्द्रिय महासचिव ओमलोक सिंह, सद्भावना पार्टीका वीरगंज नगरअध्यक्ष ओमप्रकाश सर्राफ, युएन हेबिटाटका पर्सा संयोजक सरोज चौरसिया, मधेसी पत्रकार संघका पर्सा अध्यक्ष मनोज पटेल लगायतको पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।

पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा सशस्त्र प्रहरीका प्रहरी निरिक्षक केदार सापकोटा, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरिक्षक रबिन्द्र प्रसाद भट, संघिय समाजवादी फोरम नेपालका वीरगंज नगर अध्यक्ष राजुदिनबाबु लगायतको उल्लेखनिय सहभागीता रहेको थियो । पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सलमा खातुनले गर्नु भएको थियो । पत्रिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने संवाद्दाता, साहित्यकारहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा सन लाइट ईङ्गलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुले सहभागीहरुलाई नृत्यको माध्यमबाट मनोरञ्जन समेत गराएका थिए । नेपाल परिवार दलका जिल्ला अध्यक्ष पलटन पटेलले कार्यक्रममा पत्रिकालाई नगद सहयोग समेत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस