2026-09-12 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कोरोना कहर : भारतबाट रोजगारी छोडेर फर्किनेको लर्को, जाने घटे

भेषराज बस्नेत । वैशाख ५, राँझा । भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिबार मात्रै दुई हजार ३७२ नेपाली भारतबाट फर्किएका छन्, तीमध्ये एक हजार २९५ कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । भारततर्फ जाने सङ्ख्या भने घटेको छ । शनिबार २९९ व्यक्ति भारततर्फ गएका छन् । तीमध्ये कतिपय नेपाली औषधोपचारका लागि गएका छन् भने भारत जानेमा अधिकांश भारतीय नागरिक नै रहेका छन् ।

नेपालगञ्जस्थित जमुनाह नाका भएर भारतको मुम्बई, दिल्ली, महाराष्ट्र, गडवाललगायत भारतीय शहरबाट दैनिक ठूलो सङ्ख्यामा नेपाली घर फर्किने गरेका छन् । प्रहरी नायब निरीक्षक गिरीले भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै घर फर्किने नेपालीको लर्को लागेको बताउनुभयो । जोखिम बढेपछि रुपैडिहा किनमेलका लागि जान रोक लगाइए पनि कतिपयले जोखिम मोलेरै अनौपचारिक नाका प्रयोग गरिरहेको देखिन्छ । स्वास्थ्य उपचार र अत्यावश्यकीय कामको लागिमात्र नेपालीलाई भारत जान दिइएको छ । 

यसरी भारतबाट नेपाल फर्किएकामध्ये ६० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित सीमा नाका जमुनाह हुँदै भारतबाट नेपाल प्रवेश गर्ने ६० प्रतिशतमा सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाप्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतबाट फर्किने ६० प्रतिशत बढी नेपालीमा कोरोना सङ्क्रमण देखिने गरेको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको जाँचमा भारतको गुजरात र दिल्लीबाट आएका अधिकांशमा कोरोना पुष्टि देखिने गरेको हो । 

भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिनेतर्फ दृष्टिगत गर्दै उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा स्वास्थ्य कक्ष स्थापना गरी नेपाल आउनेहरुको ज्वरो नाप्ने तथा शङ्कास्पद देखिएमा एन्टिजिन प्रविधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ ।

छिमेकी मुलुक भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनाका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ ।  

घर फर्किंदै नेपाली

गत मङ्सिरमा रोजगारीका लागि भारतको गडवाल पुगेका बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी रामदास थारू चार महिनामै रित्तो हात घर फर्किनु परेको छ । कोरोना सङ्क्रमण बढेका कारण काम गर्ने होटेल बन्द भएपछि घर फर्किन बाध्य भएको उहाँले बताउनुभयो । “कोरोना बढेपछि काम बन्द भएका कारण ज्यान जोगाउन तुरुन्तै घर फर्किनु प¥यो”, रामदाससँगै घर फर्किंदै गरेका राप्तीसोनारी–२ कचनापुर निवासी बल्लु थारूले भन्नुभयो, “घरबाट पैसा कमाउन भनेर ऋण सापट गरेर गएका थियौँ, पैसा कमाउन त त्यस्तै भयो, ज्यान जोगाउन घर फर्कियौँ ।” लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा र कर्णाली प्रदेशका जिल्लाका नागरिक अहिले नेपालगञ्जस्थित जमुनाह नाका हुँदै धमाधम घर फर्किंदै छन् ।

२६ जनामा सङ्क्रमण

भारतबाट नेपाल फर्किने शङ्कास्पद बिरामीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा कोरोना परीक्षण गरेरमात्र घर पठाउने व्यवस्था गरिएको छ । भारतबाट घर फर्किने सर्वसाधारणको स्वास्थ्य जाँच गरी शङ्कास्पद बिरामीको सीमा नाकामै स्थापना गरिएको स्वास्थ्य कक्षमा कोरोना परीक्षण गरेर मात्रै पठाइने गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार जमुनाह नाकामा एन्टी जिन प्रविधिबाट स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने गरिएको छ । 

भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण गर्दा हालसम्म २६ जनामा कोरोना सङ्क्रमण देखिएको ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिनुभयो । जमुनाह नाकामा भारतबाट आउने नेपालीलाई गत चैत ११ गतेदेखि कोरोना जाँच शुरु गरिएको हो । आजसम्म २२३ जनामा परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएको छ । आज मात्रै बिहान १०ः०० बजेसम्म १० जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको ज्ञवालीले बताउनुभयो ।

उहाँका अनुसार भारतबाट आएका नेपालीलाई जमुनाह नाकामा कोरोनासँगसँगै मलेरियासमेत परीक्षण गर्ने गरिएको छ । भारतको गुजरातबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिने गरेको छ । भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनाका साथै विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रजिअ शिवराम गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, त्यहाँबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ । कोरोना सङ्क्रमण दर अस्वाभाविक रुपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्र विन्दु बन्ने डर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा