२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सङ्क्रमितले भरियो भेरी अस्पताल,बाँकेमा १५९ को मृत्यु

२०७८, ७ बैशाख मंगलवार ०८:२६

वैशाख ७, राँझा । बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १५९ जनाको मृत्यु भएको छ । बाँके जिल्लाभित्र बसोबास गर्ने ६१ जना र जिल्लाबाहिर बसोबास गरी उपचारका लागि बाँकेस्थित अस्पतालमा आएका ९८ गरी १५९ जनाको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार, बाँकेमा उपचाररत कोरोना सङ्क्रमितको दैनिकजसो मृत्यु हुने गरेको छ । बाँकेमा हाल भेरी अस्पताल नेपालगञ्जमा ३८ र शिक्षण अस्पताल कोहलपुरमा आठ गरी ४६ सङ्क्रमित सिकिस्त अवस्थामा छन् । तीमध्ये सात जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 

अहिले ८६६ सक्रिय सङ्क्रमित उपचाररत छन् । बाँकेमा गए राति ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३२२ जनामा भाइरस सङक्रमण पुष्टि भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । 

सङ्क्रमण पुष्टि भएकामा बालबालिकादेखि युवा र वृद्धसम्म छन् । विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारसमेत सङ्क्रमित भएका छन् । 

सङ्क्रमितले भरियो भेरी अस्पताल

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष आइसोलेशन वार्ड कोरोना सङ्क्रमितले भरिएको छ । भेरी अस्पतालमा सञ्चालन गरिएको १५ शय्याको कोभिड सघन उपचार कक्ष र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ शय्याको कोभिड सघन उपचार कक्षमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेसन वार्डसमेत करिबकरिब भरिइसकेको छ । सङ्क्रमण फैलिनेक्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै प्रभावित हुनसक्ने जोखिम छ ।

“बिरामीको चाप अस्पतालको क्षमताभन्दा बाहिर गइसकेको छ, दिनप्रतिदिन केश बढिरहेकाले अवस्था गाह्रो छ”, अस्पतालका प्रमुख डा थापाले भन्नुभयो, “अस्पतालमा आएका बिरामीलाई राख्नै प¥यो, जति जनशक्ति चाहिने हो त्यसको आधा जनशक्तिबाट काम चलाउ गरिएको छ ।”

भेरी अस्पतालमा अहिले ४० कोरोना सङ्क्रमितलाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना विशेष वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताउनुभयो ।

सामान्य अवस्थामा अस्पतालमा भिडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा स्वएकान्त बास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो । 

उहाँका अनुसार स्वाब परीक्षणमा पोजिटिभ आएका व्यक्तिले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरी तापक्रमको अभिलेख राख्ने, सामान्य ज्वरो आएमा सिटामोल आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ । 

श्वासप्रश्वासमा समस्या आए, ज्वरो नियन्त्रण नभए वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशतभन्दा कम भए अस्पतालमा आउन अस्पतालले अपिल गरेको छ । पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको धितालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन