साउन २६, महोत्तरी । महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, महोत्तरी । महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् । 
२८ मंसिर २०८२, शनिबार
महोत्तरी - MHT

स्यालले टोक्दा ६ जना गम्भीर घाइते

२६ श्रावण २०७३, बुधबार ०४:२६

साउन २६, महोत्तरी । महोत्तरीको लक्ष्मिनियाँमा स्यालको टोकाइले ६ जना गम्भीर घाइते भएका छन् । 

गएराति घर नजिकै रहेको उखु खेतबाट आएको स्यालले टोक्दा लक्ष्मिनियाँ–३ का ५० वर्षीय इसाक चुरैट, ५ वर्षीय लिखित खातुन, १० वर्षीय सोयव शेष, १० वर्षीया लाडली खातुन, ३ वर्षीय राम विनय महतो र १५ वर्षीय सुदीपकुमार महतो रहेका छन् । 

घरमा बसिरहेको समयमा उखुबारीबाट बाहिर निस्केको सो स्यालले उनीहरुलाई टोकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । स्यालको टोकाइले गम्भीर घाइते भएका उनीहरुलाई तत्काल गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा ल्याउँदा त्यहाँ औषधिको अभाव देखाउँदै अस्पतालले भर्ना लिएका थिएन । अस्पतालमा कुकुर तथा स्यालले टोकेपछि दिइने सुई कोटामा उपलब्ध हुँदै आएकाले उनीहरुलाई उपचार गराउन समस्या भएको अस्पतालका इन्चार्ज अशोक यादवले स्वीकार गर्नुभयो । 

हाल उनीहरुको गौशालास्थित विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो । उक्त स्यालको खोजी जारी रहेको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह