Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दुर्लभ रेडपान्डा संरक्षणमा कठिनाइ

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २६, पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ ।

हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा थुप्रै चुनौती रहेको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताउनुभयो ।

समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पाइने रेडपान्डा खुला सिमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फँडानीका कारण लोप हुने अवस्थामा पुगेको वान्तावाले बताउनुभयो ।

लजालु र सोझो स्वभावको यो जीव सोझो तथा हलुका रातो, सेतो र कालो रङ्गको हुन्छ । विकास निर्माणसँगै बासस्थान लोप हुनु, कुकुरको आक्रमण, आहाराको विनाश, अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापारजस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनले देखाएको छ ।

रेड पान्डा पाँचथर, इलाम र ताप्लेजुङका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको रेड पान्डा नेटवर्क कन्जरभेसन कोअर्डिनेटर पेमा लामाले वताउनुभयो ।

विभिन्न स्थानमा ट्रयापिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आएपनि भारतसँगको खुल्ला सिमानाका कारण रेडपान्डाको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको लामाले बताउनुभयो ।

महिलाले बोक्ने झोला, टोपी तथा विलाशीताका सामग्री निर्माणमा रेडपान्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपान्डाको चोरी तस्करी हुने गरेको छ । हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिएपनि अहिलेसम्म रेड पान्डाको सङ्ख्याको यकिन तथ्याङ्क भने छैन । रासस