साउन २६, पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको "/>
२८ मंसिर २०८२, शनिबार
पाँचथर - PCT

दुर्लभ रेडपान्डा संरक्षणमा कठिनाइ

२६ श्रावण २०७३, बुधबार ०६:१२

साउन २६, पाँचथर । विश्वमै दुर्लभ मानिएको रेडपान्डा संरक्षणमा विभिन्न चुनौती थपिएपछि रेडपान्डा संरक्षण अभियान जटिल बन्दै गएको छ । 

हिमाली जिल्ला ताप्लेजुङ र पहाडी जिल्ला पाँचथर तथा इलामका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने रेडपान्डा संरक्षणमा थुप्रै चुनौती रहेको क्लबका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताउनुभयो । 

समुद्री सतहको दुई हजार २०० मिटरदेखि चार हजार मिटरसम्मको उचाइमा पाइने रेडपान्डा खुला सिमाना, चोरी सिकारी, डढेलो, अनियन्त्रित वन फँडानीका कारण लोप हुने अवस्थामा पुगेको वान्तावाले बताउनुभयो । 

लजालु र सोझो स्वभावको यो जीव सोझो तथा हलुका रातो, सेतो र कालो रङ्गको हुन्छ । विकास निर्माणसँगै बासस्थान लोप हुनु, कुकुरको आक्रमण, आहाराको विनाश, अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापारजस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विभिन्न अध्ययनले देखाएको छ । 

रेड पान्डा पाँचथर, इलाम र ताप्लेजुङका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइएपनि सरकारी तवरबाट यसको संरक्षणमा पहल हुन नसकेको रेड पान्डा नेटवर्क कन्जरभेसन कोअर्डिनेटर पेमा लामाले वताउनुभयो । 

विभिन्न स्थानमा ट्रयापिङ क्यामरा राखेपछि तस्करीमा केही कमी आएपनि भारतसँगको खुल्ला सिमानाका कारण रेडपान्डाको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको लामाले बताउनुभयो । 

महिलाले बोक्ने झोला, टोपी तथा विलाशीताका सामग्री निर्माणमा रेडपान्डाको छाला प्रयोग हुने भएकाले नेपालबाट रेडपान्डाको चोरी तस्करी हुने गरेको छ । हिमाली क्षेत्रको पूर्वी नेपालदेखि पश्चिमसम्म बासस्थान रहेको भनिएपनि अहिलेसम्म रेड पान्डाको सङ्ख्याको यकिन तथ्याङ्क भने छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ