2026-09-12 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु

वैशाख २५, रुपन्देही (रासस)। कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना हुनुभएका बुटवल– १ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना हुनुभएकी बुटवल –११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५५ पुगेको छ ।

यसैगरी बाँकेमा मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ निवासी ३८ वर्षीया महिलाको आज बिहान, बैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १ निवासी ६४ वर्षीय पुरुषको गएराति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १२ निवासी ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ निवासी ५२ वर्षीय पुरुषको  गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ  । योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ ।

तीब्र गतिमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बाँकेमा गएराति ७ सय ३१ नयाँ सङ्क्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा एक हजार १८ जनाको पिसिआर जाँच गर्दा ७ सय ३१ जनामा कोरोना देखिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ४ सय ८० को परीक्षण गर्दा ३ सय ४३, शिक्षण अस्पताल कोहलपुरमा २ सय २ को परीक्षण गर्दा १ सय ५८ र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालामा ३ सय ३६ को परीक्षण गर्दा २ सय ३० जनामा कोरोना पुष्टि भएको छ । ७ सय ३१ जनामध्ये बाँकेका ५ सय ४ जना रहेका छन् । बाँके अस्पतालमा रहेका ५ सय ९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा तीन हजार नौ सय ३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । शुक्रबारमात्रै बाँकेमा एक सय ९ जनाले कोरोना जितरे घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा