२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

लुम्बिनी समाचार : दाङमा पाँच सङ्क्रमितको मृत्यु

२७ बैशाख २०७८, सोमबार ०६:२८


वैशाख २७, तुलसीपुर (रासस)।  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत पाँच सङ्क्रमितको आइतबार मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक दोर्ण ओलीका अनुसार घोराही उपमहानगरपालिकाका–२, तुलसीपुर उपमहानगरपालिका, बबई र दंगीशरण गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको छ ।  

दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ५३ वर्षीया महिलाको आइतबार साँझ पौने ५ः०० बजेतिर मृत्यु भएको हो । उनी यहि वैशाख २४ गते अस्प्तालमा भर्ना भएकी थिइन् । त्यस्तै तुलसीपुर–७ निवासी ५८ वर्षीया महिलाको पनि साँझ पौने ५:०० बजेतिर मृत्यु भएको हो । उनी यह िवैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

त्यस्तै घोराही–१४ निवासी ५९ वर्षीय पुरुषको आइतबार साँझ सवा ५:०० बजेतिर निधन भएको हो । उनी यह िवैशाख २४ गतेदेखि उपचाररत थिए  । त्यस्तै घोराही–७ निवासी ४१ वर्षिय पुरुषको आइतबार दिउँसो साढे १२:०० बजे निधन भएको हो । 

यस्तै बबई गाउँपालिकाका–४ निवासी २७ वर्षीया महिलाको राति साढे १२:०० बजेतिर निधन भएको हो । ति महिला शनिबार मात्रै आईसियुमा उपचाररत थिइन् । अन्य चारजना भने एचडियू कक्षमा उपचाररत थिए । उनीहरु सबैमा कोरोनासँगै निमोनिया र श्वाशप्रश्वासमा समेत समस्या रहेको थियो ।

एक कोरोना सङ्क्रमितको मृत्यु

रुकुम (पूर्व) :हेलिकप्टरमार्फत उद्धार गरिएको रुकुम (पूर्व) का एक कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु भएको छ । भूमे गाउँपालिका–५ सेराबाङका ३८ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आइतबार मृत्यु भएको हो । अवस्था जटिल बन्दै गएपछि अस्पतालले अन्यन्त्र सिफारिस गरेको थियो । उनलाई अपराह्न ३ः०० बजे हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पताल  लगिएको थियो ।

थप दुईको मृत्यु

राँझा : बाँकेका अस्पतालमा भर्ना भएका थप दुई सङ्क्रमितको गए राती मृत्यु भएको छ । भेरी अस्पतालमा एक र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप दुईजनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं. ७ बर्दिया निवासी ४६ वर्षीया महिला र बाँसगढी नगरपालिका वडा नं  ८ बर्दिया निवासी ६८ वर्षीय पुरुष छन् । यही वैशाख २६ गते भेरी अस्पतालमा भर्ना भएकी गुलरिया नगरपालिका वडानं ७ बर्दिया निवासी ४६ वर्षीया महिलाको गए राती १०:०० बजे मृत्यु भएको हो भने यहि वैशाख २६ गते भर्ना भएका बाँसगढी नगरपालिका वडा नं ८ बर्दिया निवासी ६८ वर्षीय पुरुषको गए राती ११:५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य