साउन २६, जनकपुरधाम । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा सवारी व्यवस्थापन प्रभावकारी नहुँदा अस्तव्यस्त रहेको छ । असुरक्षित पार्किङ, जथाभावी रुपमा छाडा चौपाया छोड्नु, ट्राफिक नियमबारे चेतनाको अभाव सडकपेटीमै ठेला व्यापार सडक दूराव्यस्था अनियमित तबरले अटो रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, जनकपुरधाम । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा सवारी व्यवस्थापन प्रभावकारी नहुँदा अस्तव्यस्त रहेको छ । असुरक्षित पार्किङ, जथाभावी रुपमा छाडा चौपाया छोड्नु, ट्राफिक नियमबारे चेतनाको अभाव सडकपेटीमै ठेला व्यापार सडक दूराव्यस्था अनियमित तबरले अटो रि"/>
२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

२०७३, २६ श्रावण बुधबार ०८:१०

साउन २६, जनकपुरधाम । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा सवारी व्यवस्थापन प्रभावकारी नहुँदा अस्तव्यस्त रहेको छ । असुरक्षित पार्किङ, जथाभावी रुपमा छाडा चौपाया छोड्नु, ट्राफिक नियमबारे चेतनाको अभाव सडकपेटीमै ठेला व्यापार सडक दूराव्यस्था अनियमित तबरले अटो रिक्सा भित्रिनु तथा सडकपेटीमा निर्माण सामग्री राख्नुजस्ता कारणले धनुषामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गाएको छ । 

जिल्ला ट्राफिक प्रहरी धनुुषाका अनुसार सहरी क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या बढिरहेको छ भने यसको प्रत्यक्ष प्रभाव ग्रामीण क्षेत्रमा समेत पर्न गएको छ । जनशक्तिको अभावका कारण ग्रामीण क्षेत्रमा ट्राफिक पुग्न नसकेकाले त्यस क्षेत्रमा सडक दुर्घटना बढ्दै गएको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले बताउनुभएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यलय धनुषाले आव २०७२÷७३ मा १६ हजार ४०१ जना चालकलाई कारबाही गरी रु ८० लाख १७ हजार ९०० जरिवाना असुली गरेको छ भने नौवटा अवैध सवारीसाधनलाई कारबाहीको लागि जनकपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ । सो अवधिमा ७२ वटा सवारी दुर्घटना भएको छ भने ४६ जना मृत्यु भएको छ । 

त्यस्तै सो दुर्घटनामा परी ६० जना गम्भीर घाइते भएका छन् भने ४९ जना सामान्य घाइते भएका छन् । सो दुर्घटनामा एक चौपायाको मृत्यु भएको भने एक घाइते भएका छन् । 

अघिल्लो वर्षको २०७१/७२ को तथ्याङ्क हेर्दा ९० वटा सवारी दुर्घटना भएको छ । जसमा ५२ जनाको मृत्यु, ७१ जना सख्त घाइते र ३२ जना साधारण घाइते भएका छन् । 

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी चालकलाई २० पटक परीक्षण दिएको छ भने ११ वटा विद्यालयका दुई हजार ४०० विद्यार्थीलाई चेतनामूलक परीक्षण दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने