साउन २६, जनकपुरधाम । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा सवारी व्यवस्थापन प्रभावकारी नहुँदा अस्तव्यस्त रहेको छ । असुरक्षित पार्किङ, जथाभावी रुपमा छाडा चौपाया छोड्नु, ट्राफिक नियमबारे चेतनाको अभाव सडकपेटीमै ठेला व्यापार सडक दूराव्यस्था अनियमित तबरले अटो रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, जनकपुरधाम । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा सवारी व्यवस्थापन प्रभावकारी नहुँदा अस्तव्यस्त रहेको छ । असुरक्षित पार्किङ, जथाभावी रुपमा छाडा चौपाया छोड्नु, ट्राफिक नियमबारे चेतनाको अभाव सडकपेटीमै ठेला व्यापार सडक दूराव्यस्था अनियमित तबरले अटो रि"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

२६ श्रावण २०७३, बुधबार ०८:१०

साउन २६, जनकपुरधाम । धार्मिक तथा पर्यटकीय नगरी जनकपुरमा सवारी व्यवस्थापन प्रभावकारी नहुँदा अस्तव्यस्त रहेको छ । असुरक्षित पार्किङ, जथाभावी रुपमा छाडा चौपाया छोड्नु, ट्राफिक नियमबारे चेतनाको अभाव सडकपेटीमै ठेला व्यापार सडक दूराव्यस्था अनियमित तबरले अटो रिक्सा भित्रिनु तथा सडकपेटीमा निर्माण सामग्री राख्नुजस्ता कारणले धनुषामा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गाएको छ । 

जिल्ला ट्राफिक प्रहरी धनुुषाका अनुसार सहरी क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्या बढिरहेको छ भने यसको प्रत्यक्ष प्रभाव ग्रामीण क्षेत्रमा समेत पर्न गएको छ । जनशक्तिको अभावका कारण ग्रामीण क्षेत्रमा ट्राफिक पुग्न नसकेकाले त्यस क्षेत्रमा सडक दुर्घटना बढ्दै गएको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले बताउनुभएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यलय धनुषाले आव २०७२÷७३ मा १६ हजार ४०१ जना चालकलाई कारबाही गरी रु ८० लाख १७ हजार ९०० जरिवाना असुली गरेको छ भने नौवटा अवैध सवारीसाधनलाई कारबाहीको लागि जनकपुर भन्सार कार्यालयको जिम्मा लगाएको छ । सो अवधिमा ७२ वटा सवारी दुर्घटना भएको छ भने ४६ जना मृत्यु भएको छ । 

त्यस्तै सो दुर्घटनामा परी ६० जना गम्भीर घाइते भएका छन् भने ४९ जना सामान्य घाइते भएका छन् । सो दुर्घटनामा एक चौपायाको मृत्यु भएको भने एक घाइते भएका छन् । 

अघिल्लो वर्षको २०७१/७२ को तथ्याङ्क हेर्दा ९० वटा सवारी दुर्घटना भएको छ । जसमा ५२ जनाको मृत्यु, ७१ जना सख्त घाइते र ३२ जना साधारण घाइते भएका छन् । 

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी चालकलाई २० पटक परीक्षण दिएको छ भने ११ वटा विद्यालयका दुई हजार ४०० विद्यार्थीलाई चेतनामूलक परीक्षण दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह