२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा थपिएको निषेधाज्ञा आजदेखि लागू

३ जेष्ठ २०७८, सोमबार ०६:०६

जेठ ३, बैतडी (रासस)। बैतडीमा थप भएको निषेधाज्ञा  आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै  निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो ।  

यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जनाइएको हो । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेसम्म पसल खोल्न पाइने निर्णयमा थप कडाइ गरिएको हो । 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । यसैगरी पूर्वस्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ ।

कुनै निर्माणका काम गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती काम सञ्चालन गर्न दिने निर्णय भएको छ । कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा सङ्क्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्न भनिएको छ ।  

निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह, व्रतबन्ध, अन्तिम संस्कार जस्ता कार्य थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । कसैले निषेधाज्ञाको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही हुने बताइएको छ । बैतडीमा कोरोनाका  सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको  छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने