२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातको मृत्यु

५ जेष्ठ २०७८, बुधबार ०५:१७

जेठ ५, रुपन्देही (रासस)। कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । 

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध हुनुहुन्थ्यो ।

अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज मृत्यु भएको हो । 

यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका  ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य