१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

कोरोना सङ्क्रमित र कुरुवालाई रु २० मा भरपेट खाना

९ जेष्ठ २०७८, आईतवार ०६:०२

जेठ ९, नेपालगञ्ज (रासस)। नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई रु २० मै खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक रु २० मा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ । 

अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोईका नामबाट साँझ–बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो । शुरुआती चरणमा बिहानको छाक मात्रै रु २० मा खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल क्षेत्रका होटल बन्द भएपछि बिरामी तथा कुरुवाको समस्यालाई दृष्टिगत गरी साँझको पनि खाना खुवाउन शुरु गरिएको मण्डलका संरक्षक विजय गुप्ताले बताउनुभयो ।

धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको मण्डलीद्वारा सञ्चालित रसोई घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ । यसैबीच बाँकेको रैथाने कुर्मी समुदायको संस्था ‘कुर्मी—वर्मा सहयोगी हात’ बाँकेद्वारा रसोई घरलाई खाद्यान्न सहयोग गरिएको छ । उक्त संस्थाले चामल पाँच क्विन्टल, दाल ५० किलो, पिठो ५० किलो, आलु एक क्विन्टल, तोरीको तेल १० लिटर, नुन २० पोका, सक्खर ४० किलो र खानेपानी ५० पेटी गरी ६० हजार मूल्य बराबरको खाद्यान्न सहयोग गरेको छ । सेवाको निरन्तरताका लागि खाद्यान्न सहयोग गरिएको समाजका अगुवा तथा समाजसेवी केशवराम बर्माले बताउनुभयो ।

यसअघि रसोईलाई कशौधन वैश्य समाज, कसौधन वैश्य समाज युवा मञ्च र महिला मञ्चले खाद्यान्न सहयोग गरेका थिए । कसौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यको अगुवाइमा रसोईका सञ्चालकलाई २५ बोरी चामल, दुई बोरी अरहरको दाल, दुई बोरी सोयाबिन, दुई बोरी आयोडिन नुन र एक बोरी आलु हस्तान्तरण गरिएको छ । त्यसैगरी नेपालगञ्जको कारकाँदो निवासी कपिल नेपालले पाँच बोरी चामल र एक बोरी दाल सहयोग गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले उक्त रसोई घरलाई मासिक रु एक लाख उपलब्ध गराउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुम्बिनीको चौथो विकेट पतन देशव्यापी खोप अभियान पाठेघर क्यान्सरबिरुद्ध लड्ने महत्वपूर्ण उपलब्धि हो : मन्त्री पौडेल लुम्बिनी लाइन्सले ११ ओभरमा जोड्यो १०० रन नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर काठमाडौंमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै