Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राप्तीमा बाढी आए दश हजार घरपरिवार प्रभावित हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असार ३, बाँके (रासस) । यस वर्ष राप्तीमा बाढी आएमा दश हजार घरपरिवार प्रभावित हुने जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वानुमान गरेको छ । ठूलो पानी पर्दा बाँकेको राप्ती नदीमा बाढी आउने गर्छ ।</p><p>विपद्बाट २५ हजार घर परिवारका एक लाख ५० हजार मानिसहरु प्रभावित हुने पूर्वानुमान गरेको समितिले बाढीबाट दश हजार घरका ५० हजार मानिस प्रभावित हुने जनाएको छ ।&nbsp;</p><p>भारतले राप्ती नदीमा एकतर्फी बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँधका कारण राप्ती तटीय क्षेत्रका बासिन्दा वर्षेनी डुवानमा पर्ने गरेका छन् ।&nbsp;</p><p>बाँकेको प्रमुख जिल्ला अधिकारी शिव&nbsp; &nbsp;गेलालेले मनसुन सुरु भइसकेको अवस्थामा बाढीजन्य विपद्को खोज तथा उद्धारमा प्रयोग हुने सामग्रीको प्रयोग गरी डुडुवा गाउँपालिकाको कम्दीस्थित राप्ती नदीमा सबै सुरक्षा निकाय, पालिका र रेडक्रसको सहभागितामा प्रतिकार्य अभ्यास गरिएको बतायउनुभयो ।&nbsp;</p>