2026-09-12 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

प्रदेश नं २ मा ८४९ सीमास्तम्भ गायब

वीरेन्द्र कर्ण । असार १४, वीरगञ्ज (रासस)। प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् । प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ । बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुई हजार ६४ सीमास्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएकाले दशगजामा समस्या देखिएको छ ।

भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने गरेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको भन्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई भन्नुभयो, “हराएका सीमास्तम्भका कारण दशगजा क्षेत्रमा देखिएको समस्या समाधान गर्ने भनेर भारतीय समकक्षीसँग बेलाबेलामा कुराकानी भइरहेको छ ।”

प्रदेश २ को आठ जिल्लाामध्ये कतिपय जिल्लामा सीमावर्ती दशगजा क्षेत्र मिचेर भारतीय नागरिकहरूले खेतीपाती गरेका, घर टहरा बनाएर गाईगोठ बनाएका र बसोबास गरिरहेका समेत सार्वजनिक भएको छ । सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन् । माडरस्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ ।

सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन् । बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ । सीमापारि रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले यसप्रति उदासीनता देखाएको र उनीहरुले नै नेपाली भूमि अतिक्रमण गरेको बरियापट्टीका स्थानीयवासीको आरोप छ । 

यसैगरी धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा समेत भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको छ । यसरी प्रदेश २ को आठ जिल्लाअन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी गाउँसम्म ४६४ किलोमिटंर सीमा क्षेत्रलाई छुट्याइएको सीमास्तम्भमध्ये ८४९ सीमास्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको स्थानीयवासी बताउँछन । सिरहा र धनुषामा मात्र होइन यो समस्या प्रदेश २ को आठ जिल्लामै रहेको देखिन्छ ।

स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल भारतबीच देखिएको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने जानकारहरुको भनाइ छ । ‘जिपिएस सिस्टम’बाट कहाँ कहाँ सीमास्तम्भ छन् भन्नेबारे वैज्ञानिक सीमाङ्कन हुनुपर्ने सीमाक्षेत्रका बासिन्दाको माग छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले