2026-10-27 04:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

बाढीपहिराले सडक र पुल बगेपछि गाउँहरु बीच आवतजावत विच्छेद

नवीन लामिछाने । असार १७, मनाङ (रासस)। निरन्तर वर्षासँगै मनाङस्थित मस्र्याङदी नदीमा आएको बाढी–पहिराले भौतिक संरचनासँगै बस्तीहरुमा ठूलो क्षति पुर्याएको  छ । बाढीले सडक, पुल, विद्युत गृह र बस्तीमा क्षति पुगेको छ । सडक र पुल बगेपछि गाउँहरु बीच आवतजावत विच्छेद भएको छ । सदरमुकाम चामे, नासो, ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा यातायात पूर्ण रुपमा अवरुद्ध छ । 

सदरमुकाम चामे बजार जोड्ने सडक तथा मोटरेवल पुलमा क्षति पुगेपछि अनुगमनका लागि प्राविधिक टोली पुगेको छ । प्राविधिक टोली डोरीको सहायताले उक्त स्थानसम्म पुगेको हो । पुल जोगाउन र पानी थुनिएको भागको मस्र्याङ्दी नदी खुलाउन प्राविधिक पुगेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।    जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा बाढी–पहिराका कारण पैदल हिड्नसमेत जोखिम रहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जय विष्टले बताउनुभयो । डोरीको सहायता लिएर अनुगमन गरिएको विष्टले बताउनुभयो ।

“नासों गाउँपालिका पूर्ण रुपमा जोखिममा र अधिकांश स्थानमा आवतजावत रोकिएको छ, चामे गाउँपालिकाका अधिकांश ठाउँमा बाटो बगाएको छ”, उहाँले भन्नुभयो, “पहिराले बाटो भत्काएपछि कतिपय ठाउँमा डोरीको सहयताले हिड्नुपर्ने बाध्यता छ, अधिकाशं ठाउँको बाटो नै साना खोलाले कटान गरेकाले डोरीले समात्दै २५–३० किलोमिटर बाटो पदैल हिडेर एक दिन भन्दा बढी लगाएर माथिल्लो मनाङ पुगेर योजनाको अनुगमन गरेका छौं ।”

बाटो भत्किएपछि अधिकांश गाउँको सम्पर्क विच्छेद भएको छ । “खाङ्सारदेखि बेँशीसहरसम्म पुग्न १० घण्टा लाग्छ, अधिकाशं सडक, पक्की, झोलुङ्गे र काठे पुल बगाएको छ”, लामिछानेले भन्नुभयो ।  त्यस्तै खाद्य सामग्रीको अभाव हुन थालेको उहाँले बताउनुभयो । “नासों गाउँपालिका लगायत अन्य गाउँमा आवतजावत हुन नसक्ने र ढुवानी गर्न नसक्दा खाद्यान्न अभाव हुन थालेको छ, एक गाउँबाट अर्काे गाउँमा प्रत्यक्ष सम्पर्कका लागि नदीको किनारमा जोखिम मोलेर एक दिन हिँडेर पुग्नुपर्ने बाध्यता छ, सूचना आदानप्रदानमा पनि कठिनाइ छ”, प्रजिअ लामिछानेले भन्नुभयो । 

त्यस्तै पानी परिरहेकाले नदीको बहाव बढ्दै गएको र चामे बजार थप जोखिममा परेको छ । चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय मनाङले अनुरोध गरेको छ । मस्र्याङ्दी नदीमा आएको बाढीले ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित झोलुङ्गे पुल बगाएको छ । झोलुङे पुल बगाएपछि माथिल्लो पिसाङ र तल्लो पिसाङको आवतजावत विच्छेद भएको छ । 

“निरन्तर वर्षाका कारण माटो गल्दै गएपछि पहिराको जोखिम अझै बढेको छ । जिल्लाका बस्ती बस्ने ठाउँ केही बाढीले बगाइसकेको छ भने बाँकी रहेका पनि अति जोखिममा छन्”, उहाँले भन्नुभयो । गत जेठ १४ गतेदेखि नै बाढीपहिराका कारण सडक तथा पुलमा आंशिक रुपमा क्षति पुगेको थियो । बाढीपहिराले दुई सातादेखि जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध छ । बाढीले गर्दा पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा निकाल्न नसक्दा नदीको धार बस्तीतर्फ पसेर भौतिक संरचना बगाउदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला