२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा आजदेखि पूर्ण सीट क्षमताका आधारमा सवारी सञ्चालनमा

१ श्रावण २०७८, शुक्रबार १६:०२

साउन १, बैतडी (रासस) । बैतडीमा आजदेखि पूर्ण सीट क्षमतामा जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।

गएको असार १६ देखि आधा सीट क्षमतामा मात्रै सार्वजनिक सवारी साधन सञ्चालन भइरहेकोमा आजदेखि निषेधाज्ञा थप खुकुलो भएसँगै पूर्ण सीट क्षमतामा सार्वजनिक सवारी साधन सञ्चालन आएका हुन् ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा शुक्रबार जारी गरिएको आदेशानुसार जिल्लाभित्र पूर्ण सीट क्षमताका आधारमा यात्रु बोक्न पाइने भनिएको छ । 

सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले अनिवार्य एन्टिजेन परीक्षण भने गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।

जिल्लाभित्र सार्वजनिक सवारी तथा निजी भाडाका गाडी जनस्वास्थ्य मापदण्डको पूर्णपालना गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा आएका हुन् ।

यसअघि असार १६ गतेदेखि जिल्लामा आधा सीट क्षमतामात्रै सार्वजनिक सवारी साधन सञ्चालन हुँदा यात्रुले चर्को भाडा तिर्नु परेको थियो । बैतडीमा वैशाख २० गतेदेखि जारी रहेको निषेधाज्ञा साउन १५ गतेसम्म लम्ब्याइएको छ । 

निषेधाज्ञाको उक्त अवधिमा सबै कार्यालयले सार्वजनिक सेवा नियमित रुपमा प्रवाह हुने छन्, सबै प्रकारका पसल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन गरिने भएको छ ।

व्यापारीको हरेक १५/१५ दिनमा कोरोना परीक्षण विवाह व्रतबन्ध जस्ता धार्मिक कार्य बढीमा २५ जनासम्म उपस्थित हुने र जनस्वास्थ्य मापदण्ड अपनाएर गर्न पाइने छ ।

यस्तै मेला, महोत्सव, सम्मेलन र खेलकुद गतिविधिमा भने रोक लगाइएको छ । भारतसँग सीमा जोडिएका जिल्ला बैतडीमा कोरोनाकै कारण जिल्लाका हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ