२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पहिराले दुई घर बगायो, १० घर उच्च जोखिममा

४ भाद्र २०७८, शुक्रबार १२:३०

साउन ४, बैतडी | लगातारको वर्षाका कारण पहिराले बैतडीमा दुई घर बगाएको छ । बिहीबार राति खसेको पहिराले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो । 

पहिराले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । रातिको समयमा पहिरो गएको भएपनि मानवीय क्षति भने हुन नपाएको बताइएको छ । दुई तले चार कोठे घरमा रहेका मानिस भागेर बाचेको प्रहरीले जनाएको छ । 

यस्तै अन्य १० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय इन्द्रबहादुर कुँवर, भगीरथ कँुवर र भुपेन्द्र कुँवरको घर पहिराको जोखिममा रहेका हुन् । साथै हरि सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगनबहादुर चन्द, बल्देव लुहार र इन्द्रबहादुर कुँवरको घर पहिराको जोखिममा रहेको वडाअध्यक्ष देवेन्द्र कँुवरले जानकारी दिनुभयो ।

पहिरोको उच्च जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार विस्थापित भएका छन् । उनीहरु छिमेकीको घरमा बसिरहेका छन् । यसैबीच पहिरोबाट विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गर्ने भएको छ । विस्थापित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, भाँडाकुँडा र लत्ता कपडा प्रदान गरिने रेडक्रसका कोभिड–१९का फिल्ड सुपरभाइजर देवबहादुर महराले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली