2026-09-12 09:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भन्सार छलेर ल्याइएको साढे सात लाखको सामान बरामद

असोज १९ , बुटवल, न्युज कारखाना। भन्सार छलेर नेपाल भित्र्याउँदै गरिएको साढे सात लाख बराबरको अवैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी एकाइहरूले सात लाख ४६ हजार सात सय रुपैयाँबराबरको अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

भारतबाट अवैध रूपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले सम्मरीमाई-३, गुलरियाबाट युपी ५३०५५ युपी ५६ सी ४३४६ नम्बरको भारतीय दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा तथा मोटरसाइकल गरी दुई लाख ४७ हजार पाँच सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

त्यस्तै मर्चवारी-७ मञ्जरीया चोकबाट दुई लाख ९० हजार पाँच सय रुपैयाँ बराबरको ११ वटा बोका गरी पाँच लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । 

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ केजी चिनी ५० केजी गरी एक लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर-६ गल्लामण्डीबाट बा१४प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रूपमा ल्याउँदै गरेको दुई बोरा चिनी र २३ हजार बराबरको अन्य सामान बरामद गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी हाटीवनगाईबाट खटिएको टोलीले मायादेवी-६ स्थित भन्सार चोकबाट दुई बोरा चिनी, एक बोरा सरफ गरी नाै हजार बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस