2026-09-11 08:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सिता भण्डारी मृत्यु प्रकरण : पुर्पक्षका लागि श्रीमान्, जेठाजू कारागार चलान

असोज २१ , काठमाडौँ । रुपन्देहीकी २७ वर्षीय सीता भण्डारीको मृत्यु प्रकर’णमा प’क्राउ परेका तीन जना पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

आ’त्मह’त्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजू विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला अदालतमा बुधवार भएको थुनछेक बहसपछि अदालतको आदेशअनुसार उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको ठहरसहित अदालतले तिनै जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। तिलोत्तमा–५ की भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृतावस्थामा भेटिएकी थिइन् ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइती पक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् । भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसंस्कार गरिएको छैन ।

मृतक सीता र श्रीमान् टिका पौडेलबिच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान थिएनन्। पहिलेकी श्रीमतीसँग सम्बन्ध विच्छेदपछि टिकाले सीतालाई बिहे गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस