2026-09-12 05:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

आत्महत्या अभियोगमा प्रधानाध्यापक पक्राउ, छात्रालाई पठाएको एसएमएस शंकास्पद

असोज २३, काठमाडौँ | बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन् ।

पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । एक साताअघि बैजनाथ गाउँपालिका गाभरकी १७ वर्षिया एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिइन् ।

मृतक शाहको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएको अश्लील एसएमएस भेटिएपछि आक्रोशित स्थानीयले प्रिन्सपल पाण्डेमाथि कारवाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए । पाण्डेले विभिन्न खालका प्रलोभन दिएर अश्लील कार्य गरेको आशंका गरिएको छ ।

मृतक शाह पाण्डेकै करबलमा कोहलपुरमा रहेको एक विद्यालयमा ११ कक्षामा भर्ना भएको र बारम्बार विभिन्न खालका दबाब दिने गरेको मोबाइलमा भेटिएको एसएमएसले पुष्टि गरेकोले निश्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउन आफूहरुको माग रहेको मृतक शाहका आफन्त पुनित विक्रम शाहले बताए ।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रिन्सिपल पाण्डेलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको बताए । स्थानीयहरु शुक्रबार विद्यालयमै पुगेर दुंगामुढा गरेपछि प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस