२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

१८ गड्डी तास बोकेर नर्सरीमा जुवा, प्रहरीको छापा

२०७८, १५ कार्तिक सोमबार १३:४६

कात्तिक १५, बाँके | नर्सरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले खजुराबाट दुई जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका–२ स्थित नर्सरीमा जुवा खेलिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–३ का २८ बर्षिय अशोक बर्मा र भारतको बहराइच जिल्ला रुपैडिहा बस्ने ४० बर्षीय राधे बर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । 

न्यौपानेकाअनुसार उनीहरुको साथबाट ६० हजार ५०० नगद र १८ गड्डी तास बरामद गरिएको छ । नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दै प्रहरी पुगेपछि शनिबार राति ९ बजे नर्सरीमा जुवा खेलिरहेकै बेला दुई जना पक्राउ परेका थिए ।

प्रहरी पुगेको सुइँको पाएपछि जुवा खेलिरहेका करिब आधा दर्जन बढी जुवाडेहरु भागेको जनाइएको छ । प्रहरीले घर, पसल र होटलमा जुवातास खेल्नेमाथि निगरानी बढाउन थालेपछि जुवाडेहरु गाउँ नजिकका नर्सरी र जंगललाई सुरक्षित ठानेर लुकिछिपी जुवा अखडा चलाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ