2026-09-12 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

३४ वर्षमा चारपटक शिलान्यास, अझै बनेन राजविराजमा बसपार्क

मंसिर १०, राजविराज, सुधा देव | सप्तरी सदरमुकाम राजविराजमा लामो समयसम्म बसपार्क नहुँदा सडकमै सवारीसाधन पार्किङ हँुदै आएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । 

बसपार्क नहुँदा सडकमा सवारीसाधन जथाभावी पार्किङ गर्दा हिँडडुलमा जोखिम बढेको राजविराज नगरपालिका–२ का ५० वर्षीय अरविन्द चौधरीले बताउँछन् । 

सडकमै पार्किङ गरिँदा बीच बाटोबाट पैदलयात्रु हिँड्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम बढिरहे पनि बसपार्क निर्माणको कसैको चासो नगएको स्थानीयहरू बताउँछन् । 

शिलान्यास भएको लामो समय भइसक्दा पनि बसपार्क निर्माण नभएको राजविराज ७ का २७ वर्ष सरोज देवले बताए । ‘म जन्मनुभन्दा सात वर्षअघि बसपार्कको पहिलो पटक शिलान्यास भएको रहेछ । तर, बसपार्क निर्माण कार्य सम्पन्न भइसकेको छैन’, उनी भन्छन् । 

चारपांग्रे सवारीसाधन गाडी, स्कुटी, मोटरसाइकलको संख्या बढ्दै गएको छ । भिडभाड दिनप्रतिदिन बढेको छ। कोही यस तर्फ सम्वेदनशिल नभएको देख्दा दुःख लागेको छ।

२०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलोपटक बसपार्कको शिलान्यास गरेका थिए । २०४६ सालमा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वली, २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र २०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए ।

२०४४ सालदेखि २०७४ सम्म चार पटक शिलान्यास गरिए पनि अहिलेसम्म बसपार्कको निर्माण सम्पन्न भइसकेको छैन । अहिलेसम्म बसपार्क निर्माण सम्पन्न नहुनुमा ठेकेदार र जनप्रतिनिधि बढी दोषी रहेका स्थानीयहरूको आरोप छ ।

पछिल्लोपटक सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५०९ रुपैयाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले बसपार्क निर्माणका लागि १६ पुस २०७४ मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले १८ पुस २०७७ भित्र निर्माण गरिसक्नुपर्ने थियो। तर, हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको तथ्यांकमा छ ।

कोरोेनाभाइरस संक्रमण महामारीलाई कारण देखाउँदै चैत मसान्तसमा कम्पनीले काम सम्पन्न गर्न म्याद पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा