३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सुनवलमा निशुल्क सेनिटरी प्याड वितरण, महिलालाई सहज हुने दाबी

२१ मंसिर २०७८, मंगलवार ०४:५१

मंसिर २१, काठमाडौँ | पश्चिम नवलपरासीको सुनवलमा निशुल्क सेनिटरी प्याड वितरण गरिएको छ। द लर्ड बुद्ध युवा क्लव सुनवल ५ बनकट्टिले अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा निशुल्क सेनिटरी प्याड वितरण गरेको हो। सुनवल चौराहामा एक कार्यक्रमका बिच सर्वसाधारण महिला, विद्यालयका छात्रालगायत ३०६ जनालाई निशुल्क सेनिटरी प्याड वितरण गरिएको क्लवले जनाएको छ।

क्लवका अध्यक्ष पे्रम बहादुर गुरुङको अध्यक्षता, सुनवल नगरपालिका वडा नं ५ का वडाध्यक्ष थमन सिंह नेपालीको प्रमुख आतिथ्यता तथा वडा नं ४ का वडाध्यक्ष विरबहादुर गुरुङंको विशेष आतिथ्यता रहेको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपालीले महिनावारीलाई छाउपडि प्रथाको संज्ञा दिँदै छाउपडि प्रथा हटाएर महिनावारीलई मर्यादित बनाउनुपर्ने बताए।

महिनावारी प्राकृतिक नियम भएकाले यसलाई सहज रुपमा लिन र कसैले पनि भेदभाव नर्गन अनुरोध गर्दै उनले क्लवले गरेका विभिन्न कामलाई सह्रानिय गर्दै वडाबाट आवश्यक थप सहयोग गर्न आफू तयार रहेको समेत वडाध्यक्ष नेपालीले बताए। त्यस्तै मंगलबार भुमही चोक र बुधवार बनकट्टिमा पनि निशुल्क सेनिटरी प्याड वितरण गरिने कार्यक्रम रहेको क्लवका सदस्य एवं समन्वयकर्ता समिर परियारले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था बलियो बनाउन आयोगको आग्रह पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’ नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ? सुदूरपश्चिम रोयल्सले धनगढीमा गर्यो भव्य र्‍याली दमननाथ ढुंगानाएक ऐतिहासिक व्यक्तित्व हुनुुहुन्थ्यो : अध्यक्ष दाहाल सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफल पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ? चेक बाउन्स मुद्दामा कैद सजाय सुनाइएका गुण्डा नाइके सत्यमान पक्राउ ‘पुष्पा २’ को ट्रेलर रिलिज कार्यक्रममा अल्लू अर्जुनका फ्यानमाथि लाठीचार्ज भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने