२०८३ असार २, मंगलबार | ०४:०५ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका लामा समुदायले मनाए सामूहिक ल्होसार

२०२२-०१-०६

पुस २२, काठमाडौँ | हुम्लाका लामा समुदायले ल्होसार पर्व बिबिध कार्यक्रम आयोजना गरी मनाएका छन्  । सोमबारबाट सुरु भएको तोतङ्री ल्होसार उनीहरुले सामूहिकरूपमा मनाएका हुन् । लामा समुदायको नयाँ वर्ष अर्थात् तोतङ्री ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका–३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायले एकापासमा रमाइलो गरेर ल्होसार पर्व सम्पन्न गरेका हुन् । सदरमुकाम सिमकोटमा बसोबास गरिरहेकाले ती समुदायले सामूहिकरूपमा ल्होसार मनाएको लामा सांस्कृति मञ्चका सचिव छवाङ लामाले जानकारी दिनुभयो ।

उहाँले बुधबार बिहान पूजापाठपछि लिङ्गो ठड्याएर पर्व सम्पन्न भएको  बताउनुभयो । बौद्ध धर्मअनुसार यस अवसरमा पूजापाठ गर्दा सिङ्गो वर्षभरि नै सबैलाई राम्रो हुने उनीहरुको धार्मिक मान्यता छ । बालकदेखि वृद्धासम्म नयाँ पोशाकका साथ ल्होसार मनाउन उपस्थित भएका थिए । मुख्य ल्होसार सोमबार भए पनि हुम्लावासीले भने तीन दिनसम्म मनाउने गर्दछन् ।

जिल्लाको माथिल्लो भेगमा बौद्ध धर्म मान्ने लामा समुदायको बसोबास छ । सिमकोट गाउँपालिकाको वडा नं ३ र ४ तथा नाम्खा गाउँपालिका–१ देखि ६ सम्म ती समुदायको बसोबास छ ।

पर्वका अवसरमा उनीहरुका बीचमा एकापसमा मिलीजुली मीठो–मसिनो परिकार सामूहिकरूपमा बाँडेर खाने चलन छ । अन्तिम दिन बुधबार उनीहरुले पुरानो पहिरन पुरुषले बोक्खु लगाउँछन् भने महिलाले ठाइकोर, मुगा, मत्तिउको मालाका साथै पुरानो कपडामा सजिएर रमाउने गरेका छन् । उनीहरुले ल्होसारलाई विषेश महत्वका साथ मनाउने गर्दछन् ।

ती समुदायले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन ल्होसार पर्व मनाउने गर्दछन् । तोतङ्री ल्होसार नै अन्य ल्होसारको उद्गम मानिन्छ । तोतङ्री ल्होसारको आफ्नै दर्शन र महत्व छ । गत वर्ष कोरोना सङ्क्रमणका कारण उनीहरुले ल्होसार पर्वलाई एकापासमा जम्मा भएर मनाउन नपाए पनि यस वर्ष सबै जम्मा भएर मनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते