पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रित्तिए हुम्लाका खाद्य डिपो

२५ पुष २०७८, आईतवार ०९:४२

पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगोमा चामल किन्नुपर्ने बाध्यता भएको छ । गाउँका खाद्य डिपो खाली भएपछि बजारको महँगो चामल खरिद गरी उपभोग गर्नुपरेको स्थानीयवासीको भनाइ छ । 

लिमिटेड शाखा कार्यालय हुम्लाले हिन्दूहरुको महान पर्व दसै तिहारको अवसरमा खाद्यान्न बिक्री वितरण गरेपछि ती खाद्य डिपोहरू रित्तिएका हुन् । चालु आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी कार्य सुरु हुन सकेको छैन । लिमिटेडको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि हवाई तथा पैदल मार्गबाट ढुवानी हुने गरी २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण भएको थियो ।

हवाई मार्गबाट ढुवानीका लागि सीता एयरलाइन्सले टेन्डर स्वीकार गरेको छ । हिमपातका कारणले खाद्यान्न ढुवानी गर्न नसकिएको बताइएको छ । चालु आर्थिक वर्षका लागि हुम्लामा २१ हजार पाँच सय क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको भएपनि हालसम्म एक हजार क्विन्टल चामल मात्र प्राप्त भएको लिमिटेडको हुम्ला शाखा प्रमुख अधिकारीको भनाइ छ । 

खाद्य गोदाममा आएको उक्त चामल मृतकका परिवार वा सुत्केरीलाई आपत्विपत् तथा चाडपर्वमा वितरण गरेर बाँकी रहेका चामल विभिन्न पार्टीको अधिवेशनले गर्दा सकिएको थियो । हवाई मार्गबाट नेपालगञ्जदेखि चार हजार क्विन्टल र सुर्खेतदेखि ६ हजार क्विन्टल चामल ढुवानी हुनुपर्नेमा ढुवानी नभएकाले पैदल मार्गबाट श्रीनगर डिपो सर्केगाड डिपोमा आउनुपर्ने चामलसमेत आएका छैनन् ।

उक्त डिपोमा खच्चरबाट आउने खाद्यान्न यस वर्षको हिमपातले गर्दा ढुवानी गर्न नसिकएको बताइएको छ । हुम्ली जनता खाद्यान्न नपाउँदा भोकमारीको चपेटामा परेका छन् । जुनसुकै सरकार आए पनि हुम्लामा खाद्यान्नको अभाव हुनेगर्छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ