पुस २६, बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ ।
2026-11-01 11:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

पुस २६, बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ ।

झुलाघाट, रोलघाट  र कुस्मौतघाटमा  सशस्त्र प्रहरीका सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएका छन् ।  ती बिओपीमा खटिएको सशस्त्र प्रहरीलाई सधैँ टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहले जानकारी दिनुभयो ।

तीनवटा बिओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ । “उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन्, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो,“रातदिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बाटोघाटोको समेत समस्या छ, सबैक्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ । भरपर्दो टेलिफोन र बाटोघाटो नहुँदा चाहेअनुसारको सुरक्षा दिन केही कठिनाई हुने गरेको छ । भनेको बेला फोन नै लाग्दैन ।”

उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकोबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ । यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले  सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं ।”  

बैतडीमा भारतसँग ६१ किलोमिटर  सीमा क्षेत्र जोडिएको छ ।  उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएको र उनीहरुलाई सबैक्षेत्रमा परिचालन गर्ने गरिएको छ । सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली  रहेको छ ।  

सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार गुल्म र बिओपी स्थापना गरिन लागिएका हुन् ।  यस्तै सीमा क्षेत्रमा हुनसक्ने अवाञ्चिछत गतिविधि, सीमा क्षेत्रमा हुनसक्ने अवैध कारोबार तथा मानव बेचबिखन जस्ता अपराध र राजस्व चुहावट रोक्न पनि बिओपी स्थापना गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द