भदौ ८, जनकपुरधाम । सीताको जन्मसँग जोडिएको दूधमती नदीको उद्गमस्थल अतिक्रमित भएको छ । 

सो नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा नगरपालिकाले ठूलोपोखरी बनाएका कारण नदीको बहाव नै रोकिएको हो । 

त्यस्तै वडा नं ३ को पकडिया मुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, जनकपुरधाम । सीताको जन्मसँग जोडिएको दूधमती नदीको उद्गमस्थल अतिक्रमित भएको छ । 

सो नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा नगरपालिकाले ठूलोपोखरी बनाएका कारण नदीको बहाव नै रोकिएको हो । 

त्यस्तै वडा नं ३ को पकडिया मुस"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

दूधमती नदीको उद्गमस्थल अतिक्रमित

८ भाद्र २०७३, बुधबार ०८:०७

भदौ ८, जनकपुरधाम । सीताको जन्मसँग जोडिएको दूधमती नदीको उद्गमस्थल अतिक्रमित भएको छ । 

सो नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा नगरपालिकाले ठूलोपोखरी बनाएका कारण नदीको बहाव नै रोकिएको हो । 

त्यस्तै वडा नं ३ को पकडिया मुसहरी टोलका सम्भ्रान्त व्यक्तिले दुईवटा पोखरी बनाई नदीको आकार नै तीन किमी टाढासम्म अस्तित्वविहीन बनाएका छन् । 

दूधमती गरिमा संरक्षण अभियान र रवीन्द्र साह स्मृति प्रतिष्ठानको अभियानमा पत्रकार, साहित्यकार, शिक्षक र नागरिक समाजद्वारा उद्गमस्थलदेखि मटिहानीसम्म गरिएको पदयात्रा प्रतिवेदनले सो तथ्य उजागर गरेको हो । 

उद्गमस्थलदेखि मटिहानीसम्म करिब ३५ किमीमध्ये केही स्थानमा मात्र नदीको बहाव देखिने प्रतिवेदनमा उल्लेख छ । 

सपही गाविसको गम्हरिया टोलमा नदीको आकार देखिए पनि दुई किमीसम्म बहाव छैन भने कुर्था पिडारी सिमानादेखि जनकपुर उपमहानगरपालिकाको २१ देखि २५ वडासम्मको देवपुर रुपैठासम्ममा नदीको जग्गा पनि अतिक्रमण भएको छ । 

प्रतिवेदन सार्वजनिक गर्दै अभियानकर्ता भोगेन्द्रलाल कर्णले उद्गमस्थलमा नगरपालिकाले बहाव रोकेर पोखरी बनाई माछापालन गरिहेको जानकारी दिनुभयो । 

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले क्षीरेश्वरनाथ नगरपालिकामा सो नदी केही व्यक्तिले निजी सम्पत्ति बनाई नदीको अस्तित्व नै समाप्त पार्ने कार्य गरेको आरोप लगाउनुभयो । 

सो नदीलाई प्राचीन धर्मग्रन्थहरूमा सरस्वती भनी ज्ञान, विद्या र बुद्धिदात्री उल्लेख गरिएको छ । 

जानकीको प्रादुर्भावपछि सम्पूर्ण देवीदेवता जनकपुर आएका बेला कामधेनु गाई पनि आएकी थिइन्, कामधेनुले बालिका जानकीलाई दूध खुवाउँदा दूधको धारा धरतीमा झर्दा नदीको स्वरूप लिएकाले यहाँ स्नान गर्दा कल्याण हुने धार्मिक विश्वास छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह