२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी

२ माघ २०७८, आईतवार ०७:३२

माघ २, राँझा | बाँकेमा रोडकरिडोर कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

लुम्बिनी प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत सञ्चालन गरेको रोडकरिडोर कार्यक्रमबाट बाँकेका सयौं किसान लाभान्वित भएका छन् । गत आर्थिक वर्षमा रु ५० लाख अनुदानमार्फत सञ्चालनमा ल्याएको यो कार्यक्रम बाँकेमा प्रभाबकारी बन्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यस कार्यक्रमअन्तर्गत बाँकेका किसानले अहिले बारीमा गोलभेडा, काउली, फूलगोभी, बेमौसमी काँक्रा उत्पादन गरेका छन् । चालु आर्थिक वर्षमा भने रकम घटेर आए पनि किसानले आफ्नो उत्पादनलाई घटाएका छैनन् । यो कार्यक्रमअन्तर्गत ५० हेक्टर क्षेत्रफललाई समेटिएको छ । कार्यक्रमले किसानका लागि आवश्यक पर्ने सिँचाइ, पम्पसेट, पावर टेलर, डेलिभरी पाइप, बीउलगायत आवश्यक परेको कृषि सामग्री अनुदानमा दिने गरिएको छ । 

यस कार्यक्रममा कृषि सहकारी, कृषि समूह, निजी कृषि फार्मका किसान सहभागी छन् । तीन वर्षसम्म सञ्चालन हुने यो कार्यक्रमको प्रभावकारिता राम्रो देखिएको केन्द्रका प्रमुख ढकालले बताउनुभयो । कार्यक्रमको प्रभावकारिताका लागि प्राविधिकबाट निरन्तर रुपमा अनुगमन भइरहेको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो