२७ फाल्गुन २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

न्यानो कपडा पाएपछि सरकारको अनुभूति गर्दै ज्येष्ठ नागरिक

७ माघ २०७८, शुक्रबार ०५:४३

माघ ७, राँझा । बाँकेमा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन स्थानीय सरकारले न्यानो कपडा वितरण गरेपछि जनताले गाउँमै सरकारको अनुभूति गरेका छन् । बाँकेका स्थानीय तहले गाउँटोलमा पुगेर ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेपछि विपन्न वर्गका नागरिकले ठूलो राहत भएको अनुभूति गरेका छन् । 

गाउँपालिकाबाट न्यानो कपडा कम्बल प्राप्त गरेपछि डुडुवा गाउँपालिका–१ चौफेरी निवासी ९५ वर्षीय नन्कइ अहिरको मुहारमा उज्यालो छाएको छ । गाउँपालिकाले दिएको कम्बलले अब जाडोबाट जोगिन ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो । गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत न्यानो सामग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल, च्यवनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिकाले गाउँटोलबाटै ज्येष्ठ नागरिकलाई सवारीसाधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । गाउँपालिकाले वितरण गरेको न्यानो कपडाले अहिलेको चिसो मौसममा सुरक्षित रहन ज्येष्ठ नागरिकलाई मद्दत पुग्ने विश्वास अध्यक्ष चौधरीको छ । 

बाँकेको जानकी र खजुरा गाउँपालिकाले पनि न्यानो कपडा वितरण गरेर ज्येष्ठ नागरिकलाई सरकारको अनुभूति गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले टोलटोलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका छन् । बाँकेको जानकी गाउँपालिकाले छवटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो ।

उहाँले चिसो मौसममा अतिविपिन्न परिवारको पहिचान गरी गाउँपालिकाले सबै वडालाई समानरूपमा ४५ परिवारका दरले न्यानो कपडा कम्मल सहयोग गरेको जनाउँदै नागरिकका लागि गाउँपालिकाले जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने उल्लेख गर्नुभयो । गाउँपालिकाका २७० ज्येष्ठ नागरिकलाई कम्बल सहयोग गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘फ्री भिसा फ्री टिकट’ घोषणाको एकदशक पुग्नै लाग्दा रोजगार पर्वर्दन दशक घोषणा कांग्रेस एक भए आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिन्छ:  सभापति शेरबहादुर देउवा रेमिट्यान्स फेरि लयमा फर्कियो, एकै महिना १३७ अर्ब भित्रियो हनुमन्ते खोलामा फेला परेको शवको पहिचान खुल्यो ‘वुमन्स डे’ टी-२० कप : हङकङविरुद्ध नेपाल पहिले फिल्डिङमा भीरमा अड्किएका आठ जनाको उद्धार बम राखिएको हल्लापछि न्युयोर्क उडेको विमान साढे ८ घण्टापछि मुम्बई डाइभर्ट पर्सा सीडीओ कार्यालयभित्रै मिटरब्याज पीडितद्वारा आत्महत्या प्रयास रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी परराष्ट्रमन्त्री राणा भारत प्रस्थान, के छ कार्यक्रम ? राजावादीलाई ओलीको कटाक्ष- एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा छैनौं अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ रवि लामिछानेले भने : म बोल्ने नै मान्छे हुँ, प्रतीक्षा गर्नुहोला विशेष सम्बोधनसहित आउँदैछु काठमाडौँ महानगरलाई राप्रपाले तिर्‍यो एक लाख जरिवाना ह्वाइट हाउसबाहिर एक हतियारधारी व्यक्तिमाथि गोली प्रहार प्रदीपको जन्मदिनमा ‘पिताम्बर’ को टिजर सार्वजनिक (भिडिओ) काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँचजना पक्राउ धरौटी बदरको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने उद्धार गरिदिन आफन्तलाई फोन गर्दागर्दै अस्ताए भिरबाट खसेका भण्डारी शाहीलाई रिमालको जवाफ: पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्