२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

१२ माघ २०७८, बुधबार ०५:३६

माघ १२, जाजरकोट | कोभिड–१९ सङ्क्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरेको हो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त रु १७ लाखबाट मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिनुभयो । कोभिड–१९ का समयमा परिवारका सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ने प्रजिअ देवकोटको भनाइ छ ।

कोभिड–१९ बाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण कार्यविधि, २०७८ को अनुसूची १, २ र ३ मा उल्लेख भएबमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको, कोभिड–१९ सङ्क्रमित भएको पिसीआर रिपोर्ट र एन्टिजेन रिपोर्ट सक्कल प्रति दुईमध्ये कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराएको छ ।

कोरोना सङ्क्रमणबाट छेडागाड–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का वीरबहादुर सिंह, नलगाड–५ की गङ्गादेवी शाही, नलगाड–४ का गणेशबहादुर रावल, नलगाड–३ का पठवीर थापा, भेरी–३ की कृष्णा शाह, भेरी–१० का तुलवीर राना, भेरी–४ की लीला नेपाली, भेरी–६ की सरीदेवी खड्का, शिवालय–६ का हरिभक्त रोकायलगायत १७ जनाको ज्यान गएको थियो । कोरोना सङ्क्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केही राहत मिलेको बुवा गुमाएका नलगाड–४ का सुधन रावलले बताउनुभयो ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएका १७ मध्ये १४ जनाले रकम बुझिसकेको र तीन जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भुक्तानी दाबी गर्नका लागि कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

 जाजरकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४४ पुग्यो

जिल्लामा कोरोनाबाट १२ जना सङ्क्रमित भएका छन् । मङ्गलबार स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनाकोे स्वाब परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । 

स्वास्थ्य सेवा कार्यालयमा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ पुगेको खत्रीले बताउनुभयो । सङ्क्रमितको सङ्ख्या बढ्ने खत्रीको भनाइ छ । केही महिना कोरोना सङ्क्रमित शून्य रहेको जाजरकोटमा तेस्रो लहर फैलिएपछि सङ्क्रमणदर बढेको हो । दोस्रो लहरमा दुई हजार जनामा सङ्क्रमण देखिएको थियो भने १७ जनाको ज्यान गएको थियो । परीक्षण दायरा बढाउनुपर्ने जाजरकोट अस्पतालका डा औसरसिंह राठौरले बताउनुभयो । मङ्गलबारदेखि बुस्टर डोज दिन सुरु गरिएको छ । पहिलो दिन ३५ जनाले सो खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह