२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा हिमपात : जनजीवन कष्टकर

१४ माघ २०७८, शुक्रबार १०:१७

माघ १४, हुम्ला | हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ । एक स्थानीय  गोरे सुनारका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ । 

यहाँको उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ । लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कोमा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरु सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर सिंहले हुम्ला जिल्लामा अत्यधिक मात्रामा हिमपात भएकाले खोप लगाउन सिमकोट गाउँपालिकाका वडाहरुमा नै स्वास्थ्यकर्मी खटाइएको बताए । नेपाल विद्युत् प्राधिकरण हिल्दुङ्ग वितरण केन्द्रले हिमपातका कारण विद्युत्भार कटौती गर्न बाध्य भएको बताएको छ ।

सिमकोट गाउँपालिका–८ याङ्गुका हस्तेवीर शाहीका अनुसार ६० घरधुरीमध्ये १५ घरधुरीमा बत्ती बालेको र ४५ घरधुरी विद्युत् सेवाबाट बञ्चित हुन पुगेकाले पटकपटक विद्युत् कार्यालय धाउनुपरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ