2026-09-12 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका ७५ हजार बाख्रालाई पिपिआर खोप

माघ १६, बैतडी | बैतडीका ७५ हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइँदैछ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका नौ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो ।  
शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताउनुभयो । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो । उहाँले भन्नुभयो, “नौ स्थानीय तहमा भ्याक्सिन पठाएर प्राविधिकले खोप लगाउँदै छन्, शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको हो । अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गर्छौँ । ”
राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ । प्रत्येक पालिकामा सात हजार डोज खोप पठाइएको छ । गत वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ । बाख्रालाई पिपिआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो ।  
बाख्रालाई पिपिआर रोग लागेमा पखाला लाग्ने, रयाल र सिगान बगाउने, उच्च ज्वरो आउने लक्षण देखा पर्छ । अन्त्यमा बाख्रा मर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस