2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

उपभोक्ता समितिबाट बाहिरिए सरकारी शिक्षक

माघ १९, काठमाडौँ |  गोकर्णेश्वर नगरपालिका–९ आरुबारीका एक विद्यालयका स्थायी शिक्षकलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि ती शिक्षकले राजीनामा दिन बाध्य भएका छन् ।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन पानीखोल्चा पहिराको जोखिममा परेपछि विद्यालयकै स्थायी शिक्षक नरबहादुर गुरुङलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि उहाँ राजीनामा दिन बाध्य भएका हुन् ।

विज्ञान विषयका शिक्षक गुरुङ समितिको अध्यक्ष हुनुहुन्छ । उपभोक्तामार्फत् भएको काममा डोजर चलाएको समाचार तस्बिरसहित राष्ट्रिय समाचार समितिबाट गत पुस २३ गते सार्वजनिक भएको थियो । पहिरा नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब रु ४० लाख बजेट विनियोजन गर्यो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको थियो । 

हाल प्रदेश सरकारले यो मन्त्रालय फुटाएर बनाएको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बसुन्धराले आयोजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरेर सरकारी शिक्षक गुरुङलाई उपभोक्ता समितिमा राखेको थियो । समाचार सार्वजनिक भएपछि कार्यालयले गुरुङलाई राजीनामा गर्न लगाएर उपभोक्ता समितिका सदस्य पासाङ लामालाई अध्यक्ष बनाएको छ । स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने र आयोजनाप्रति स्थानीयवासीको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति बढ्दै गएको छ । 

रोजगारी दिन सञ्चालन हुने आयोजनामा डोजर चल्ने गरेको छ । विद्यालय भवनमा सिभिल इञ्जिनीयरिङको कक्षा ९ देखि १२ सम्मको अध्ययन अध्यापन हुन्छ । विद्यालयको पुरानो भवन भने आरुबारी चोकमा छ । जहाँ कक्षा १ देखि ८ सम्म पढाइ हुन्छ । नगरपालिका–९ का वडाध्यक्ष राजीव थापाले पहिरो नियन्त्रणका लागि डिभिजन कार्यालयसँगै नगरपालिकाले पनि नगरस्तरीय योजनाअन्तर्गत रु २५ लाख बजेट छुट्याइएको बताउनुभयो । नगरपालिकाको बजेटले भने काम सुरु नभएको उहाँको भनाइ छ । डिभिजनको बजेटको काम सकिएपछि नगरपालिकाको बजेटले काम गरिने जनाइएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले यसअघि आयोजना सञ्चालन गर्दा गल्ती भएको स्वीकार गर्नुहुँदै अब विधिवत् रुपमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक