२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप

२१ माघ २०७८, शुक्रबार ०९:४७

माघ २१, बैतडी | सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा लगाएका छन् । खोपको पूर्ण मात्रा भने ११ लाख चार हजार ९४६ जनाले लगाएका छन् ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा चार लाख ७२ हजार ९७४ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने तीन लाख ५५ हजार ७२० जनाले पूर्ण मात्रा लगाएका छन् । यस्तै सबैभन्दा कम डडेल्धुरामा ६५ हजार ६०७ जनाले पहिलो तथा ५९ हजार ५५७ जनाले खोपको पूर्ण मात्रा लगाएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।  

यस्तै कञ्चनपुरमा तीन लाख ४२ हजार ६५१ जनाले पहिलो र दुई लाख ४४ हजार २५१ जनाले पूर्ण मात्रा, बैतडीमा एक लाख ५२ हजार ६२९ जनाले पहिलो र ९४ हजार १८३ जनाले पूर्ण, अछाममा एक लाख ३७ हजार ४५२ जनाले पहिलो र ९१ हजार २१ जनाले पूर्ण, बाजुरामा एक लाख २४ हजार ९२५ जनाले पहिलो र ७४ हजार ३४५ जनाले पूर्ण, डोटीमा एक लाख २० हजार ५७२ जनाले पहिलो र ६५ हजार ५७५ जनाले पूर्ण, बझाङमा ९९ हजार ८४४ जनाले पहिलो र  ५६ हजार ३८ जनाले पूर्ण तथा दार्चुलामा ९० हजार १९ जनाले पहिलो र ६२ हजार २५६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।  

सुदूरपश्चिममा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, जोनसन, भेरोसेल र  फाइजर खोप लगाइएको छ । बाह्र वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीका अनुसार प्रदेशका सबै जिल्लामा हाल खोप अभियान जारी छ ।  यसअघि छुटेका सबैलाई खोप लगाउन अनुरोध गरिएको जोशीले बताउनुभयो । सुदूरपश्चिममा हालसम्म चार लाख ८२ हजार ४१७ जनाको कोरोना परीक्षण गरिएकामा ५८ हजार  ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा ६२५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह