२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन भएन

२५ माघ २०७८, मंगलवार ०८:४४

माघ २५, रुकुम | हिमपातका कारण अवरुद्ध  मध्यपहाडी लोकमार्ग सञ्चालनमा नआउँदा  यात्रु समस्यामा परेका छन् । यही माघको १८ गतेदेखि सो सडकमा यातायातका साधन गुड्न  सकेका छैनन्  ।

सडकमा पाँच फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो । जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको जनाइएको छ । हिउँ खेल्न अहिले आन्तरिक पर्यटक रुपगाँसम्म जाने गरेका छन् ।

लोकमार्ग अवरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौँ जाने यात्रु समस्यामा परेका छन् भने जिल्ला भित्रिने पनि समस्यामा परेका छन् । कतिपयले यात्रुले सल्यान, दाङ, वुटवल हुँदै लामो दूरीको यात्रा गर्नुपरेको बताएका छन् । वर्षेनि यसै समयमा हिमपातको कारण  सो लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अवरुद्ध हुने गर्दछ । 

यस्तै हिमपातको कारण सहिदमार्ग पनि अवरुद्ध छ । सो मार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिकलाई सदरमुकाम रुकुमकोट आवत जावत गर्न समस्या भएको छ । सो सडकमा जमेको हिउँ पन्छयाउन पनि केही समय प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ