2026-09-12 06:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा बढ्दै औलोका रोगी

फागुन ३, राँझा । भारतसँगको खुल्ला सीमा नाकाका कारण बाँके जिल्ला औलो रोगको जोखिम बढेको छ । औलोको जोखिम बढी भएको भारतका विभिन्न स्थानबाट काम गरेर फर्किनेहरुले औलो लिएर आउने गरे पनि पछिल्लो समय स्थानीयवासीमा समेत औलो देखिन थालेको  स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहको भनाइ थियो ।

उहाँका अनुसार गत  डिसेम्बर महिनामा मात्रै जिल्लामा ४५ जनामा औलो पहिचान भएको थियो । त्यसमा सबैभन्दा धेरै नरैनापुरका मात्रै ४० जना छन् । नेपालगञ्ज, कोहलपुर र डुडुवा गाउँपालिकामा एक–एकजना र खजुरा गाउँपालिमा दुईजनामा औलो पहिचान भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाह नाकामा राखेको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकलाई औलो परीक्षण गर्ने गरेको छ । औलो लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । औलो रोगका परजीवी भएको लामखुट्टेले टोकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखापर्ने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।

नेपालगञ्जको भेरी अस्पताल, मेडिकल कलेजलगायत अस्पतालमा परीक्षण, पहिचान र उपचार निःशुल्क हुने स्वास्थ्य कार्यालयका रोग नियन्त्रण अधिकृत दुर्गा गौतमले बताउनुभयो । उहाँका अनुसार, औलो रोग भएमा शरीरका भित्री अङ्गहरु फियो तथा कलेजो सुन्निने, रगतको मात्रा कमी हुने र परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण देखिने हुन्छ । यो रोगले सख्त रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ । औलो रोगको उपचारका लागि नेपालमा विभिन्न थरीका औषधि सरकारका तर्फबाट निःशुल्क उपलब्ध छ । औलोको जोखिम कम गर्न झूल तथा लामखुट्टे भगाउने रसायन प्रयोग गर्नुपर्ने हुन्छ ।

लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ । राति सुत्दा सधैँ झूल प्रयोग गर्नु औलोबाट बच्ने प्रमुख उपाय भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस