भदौ ११, लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रा"/>

2026-09-12 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा थप २६ एचआइभी सङ्क्रमित भेटियो

भदौ ११, लहान । सिरहामा चालु आर्थिक वर्ष ७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेको छ । एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्ष ७२/७३ सम्ममा १२ जनाको मृत्यु भएको थियो । 

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जिल्लाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल र सिरहा जिल्ला अस्पतालमा सञ्चालन गरेको ‘भिसिटी’ सेन्टरमा जाँच गराएकामध्ये थप २६ जनामा एचआइभी सङ्क्रमित फेला परेको हो । 

चालु आर्थिक वर्षमा लहान अस्पतालमा २० जना र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका सरोज कर्णले जानकारी दिनुभयो । 

यो सँगै सिरहामा अब एचआइभी सङ्क्रमितको सङ्ख्या ६८ जना पुगेको छ । अघिल्लो आर्थिक वर्ष ७१/७२ मा पनि १५ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका थिए । एचआइभी सङ्क्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको कर्णले बताउनुभयो । 

वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या जिल्लामा अत्यधिक रहेको र रोजगारीबाट फर्के पश्चात् स्वास्थ्य जाँच गराउने सोच नभएकाले जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस